लन्डन । लन्डनस्थित नेपाली दूतावासले रसमोर बरो काउन्सिल र गोरखा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित भएको अवसरमा एक विशेष कार्यक्रम गरेको छ । शुक्रबार सांझ दूतावासमा स्वागत तथा सम्मान कार्यक्रम गरिएको हो ।
कार्यक्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदीले अतिथीहरुको स्वागत गर्दै ऐतिहासिक भगिनी सम्बन्धले दुई देशका जनताबीचको सम्बन्ध अभिवृद्धि एवं सांस्कृतिक, शिक्षा, पर्यटन र व्यापारका क्षेत्रमा सहयोग आदानप्रदान हुने विश्वास व्यक्त गरे ।
राजदूत सुवेदीले नेपाल गरिब भएपनि प्रकृति र पृथक संस्कृतिका लागि विश्वकै धनी देश भएको बताउंदै नेपालमा सर्वोच्च शिखर सगरमाथा, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, जिवित देवी कुमारी, चितवन, पोखरा जस्ता रमणीय शहर भएको जानकारी दिए ।
उनले नेपाल सरकारले २० लाख पर्यटक भित्रयाउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान घोषणा गरेको जनाउंदै नेपाल पर्वतारोहण, ट्रेकिङ र अन्य पर्यटनका लागि उत्कृष्ट गन्तव्य भएकाले नेपाल भ्रमण गर्न आमन्त्रण गरे । बेलायत नेपाल सम्बन्ध दुई शताब्दीभन्दा लामो भएको उल्लेख गर्दै उनले गोर्खाहरु दुई देशबीच सम्बन्ध विस्तारका प्रमुख आधार भएको पनि बताए ।
कार्यक्रममा राजदूतले अतिथीहरुलाई मायाको चिनो र भ्रमण वर्ष प्रवर्धनात्मक सामाग्री राखिएको ब्याग प्रदान गरे ।
सो अवसरमा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले गोर्खाहरुका कारण बेलायत नेपाल सम्बन्ध प्रगाढ र आत्मीय बनेको आडमा रसमोरसंग भगिनी सम्बन्ध गांस्न पाएकामा कृतज्ञता व्यक्त गरे ।
उनले भूकम्पले क्षतविपत गोखाको पुनर्निर्माण अन्तिम चरणमा पुगेको बताउंदै प्राकृतिक विपतमा घर, विद्यालय निर्माण र स्वास्थ्य सेवामा बेलायतले प्रमुख भूमिका निर्वाह गरेकोमा पनि आभार व्यक्त गरे ।
मेयर पन्तले ‘भिजिट गोर्खा’ अभियानबारे जानकारी दिंदै ऐतिहासिक, सांस्कृतिक धरोहर र सम्पदा भएको ऐतिहासिक जिल्ला गोर्खामा स्वागत गर्ने अवसर प्रदान गरिदिन बेलायतवासी नेपाली र बेलायती समक्ष अपिल गरे ।
दूतावासका उपनियोग प्रमुख शरदराज आरनले सञ्चालन गरेको उक्त कार्यक्रममा रसमोर बरो काउन्सिलका डिष्ट्रिक्ट चियर काउन्सिलर डेभिड क्लिफोर्डले दूतावासमा आफूहरुलाई सधैं न्यानो आतिथ्य मिल्ने बताउंदै रसमोर बरोमा नेपाली समुदायको कल्याण र हितका लागि काउन्सिल कटिवद्ध रहेको धारणा राखे ।
डेपुटी मेयर काउन्सिलर फ्रयांक रोष्टले भगिनी सम्बन्ध स्थापनाले दुई देशबीचको नाता अझ आत्मीय बनेको बताए । उनले रसमोर बरोमा रहेको नेपाली समुदायले पनि आफूहरुलाई ठूलो योगदान गरेको स्मरण गरे ।
कार्यक्रममा गोरखाकी प्रमुख कार्यकारी अधिकृत कृष्णकुमारी श्रेष्ठले ‘पावर पोइन्ट’ मार्फत गोरखा जिल्लाको भौगोलिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक तथा पर्यटकीय सौन्दर्यबारे प्रस्तुति दिएकी थिइन् । सो अवसरमा नेपाली मौलिक नृत्य पनि देखाइएको थियो ।
तस्बिरहरु- शिव भण्डारी
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न