लन्डन । नेपाली उल्लेख्य रहेको बेलायतस्थित रसमोर बरो काउन्सिल र गोरखा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित भएको छ ।
गत बिहीबार रसमोर काउन्सिल भवन फार्नबोरोमा आयोजित विशेष समारोहमा रसमोर मेयर काउन्सिलर सु कार्टर र गोर्खा नगरपालिका मेयर राजनराज पन्तले एक सम्झौतापत्रमा हस्ताक्षर गरेपछि यो सम्बन्धले औपचारिकता पाएको हो ।
अहिले तीन वर्षका लागि गरिएको सम्झौतापत्र (एमओयू) मा रसमोर बरो र गोर्खा नगरपालिकाबीच सांस्कृतिक, प्रजातान्त्रिक, प्राविधिक र शैक्षिक अवसरहरु एकअर्काबीच आदानप्रदान गर्ने, दुवै निकायका पदाधिकारीहरुको भ्रमण, दुवैपक्षको सामाजिक आर्थिक विकासमा हातेमालो, संयुक्त अनुसन्धान, विभिन्न प्रोजेक्ट सञ्चालन, भौतिक पूर्वाधार निर्माण र सुशासनमा सहयोग गर्ने आदि छन् । रसमोर बरोले बेलायतबाट विदेशी लगानी नेपाल भित्रयाउन आकर्षित गर्ने सवालमा पनि सहकार्य गर्ने उल्लेख छ ।
यस सम्बन्धले बेलायत नेपाल सम्बन्ध अभिवृद्धि र नेपाल सरकारले ‘भ्रमण वर्ष २०२०’ अभियान शुरु गरिसकेको अवस्थामा नेपालको पर्यटन प्रवर्धनमा टेवा पुग्ने राजदूत डा. दुर्गाबहादुर सुवेदीको विश्वास छ । राजदूत सुवेदीले भ्रमण वर्ष सफल बनाउने लक्ष्यसहित बेलायतका अन्य स्थानीय निकायहरुसंग पनि भगिनी सम्बन्धलाई प्राथमिकता दिएका छन् ।
उक्त समारोहमा राजदूत डा. सुवेदी, गोरखाकी प्रमुख कार्यकारी अधिकृत कृष्णकुमारी श्रेष्ठ, ग्रेटर रसमोर नेपलिज कम्युनिटीका पूर्व अध्यक्ष जीव बेल्वासे लगायत बेलायत र नेपालका विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति थियो ।
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा