लन्डन । बेलायतको व्यस्तता उल्लेख गरिरहन आवश्यक छैन् । पारिवारिक, सामाजिक तथा रोजगारीको जिम्मेवारीले भ्याइनभ्याइ छ बेलायती जीवनशैली । यस्तो व्यस्ततामा पनि मातृभूमिको सेवामा तल्लीन छ राजकुमार (राजु) र श्रीमति शान्ति सुनारको जोडी ।
लमजुङ भोटेओडार निवासी नेपाली कांग्रेसका नेता एवं वरिष्ठ समाजसेवी स्वर्गीय पूर्णबहादुर सुनारका सुपुत्र राजकुमार आफ्नो बुवाको प्रेरणाबाट सामाजिक काममा अगाडि बढिरहेका छन् ।
राजकुमार लमजुङ सुन्दरबजार नगरपालिका ९ मा अवस्थित श्री भक्ति नमुना माद्यमिक विद्यालयका बीरेन्द्र शिल्ड खेलकुद विजेता विद्यार्थी एवं कप्तान थिए एक ताका । साथै बेलायतमा रहेर हरेक संघ संगठनमा आवद्ध उनी भोटेओडार मरस्याङ्दी समाजको प्रमुख पनि हुन् । तिनै राजकुमार (राजु) र श्रीमती शान्ति सुनारले उक्त विद्यालयमा १, ५३, ००० रुपैयांको अक्षयकोष स्थापना गरिदिएका छन् ।
उनीहरुले श्री भक्ति नमुना माद्यमिक विद्यालयको स्वर्ण महोत्सव समापन वर्ष २०७५ को पावन अवसरमा अपांग, असहाय र पिछडिएका विद्यार्थीको शिक्षाका लागि अक्षयकोष स्थापना गर्ने निर्णयका साथ रु १५३००० स्कुल ब्यवस्थापन समितिलाई प्रदान गरेका हुन् ।
‘उक्त विद्यालयबाट मेरो पूजनीय आमा कृष्ण कुमारी सम्मानित भएकामा मलाई राम्रो काम गर्ने थप हौसला मिलेको छ’, राजकुमार भन्छन्, ‘हाम्रा आदर्श जन्म र कर्मदाता अनि पितृ हजुरबाबा आमा, सासु ससुरा र वरिष्ठ समाजसेवी स्वर्गीय बाबा पूर्णबहादुर सुनारको नाममा स्थापित अक्षयकोष भविष्यमा अझ वृद्धि गर्ने सोच हाम्रो छ ।’
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?