बुधबार, फागुन १४ २०७६ | Wed, February 26, 2020
नेपालको समय: १२:२७ | UK Time: 06:42

डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको तेश्रो वार्षिक साधारणसभा

विनेपाली
२०७६ माघ १३ गते ११:४०

लन्डन । डायमन्ड बुद्धिष्ट सेन्टर यूकेको तेश्रो वार्षिक  साधारण सभा सम्पन्न भएको छ । गत साता प्लमस्टिड, लण्डनस्थित चौतारी रेस्टुरेन्टमा सो साधारणसभा भएको हो ।

साउथइष्ट लन्डन क्षेत्रमा एउटा नेपाली बौद्ध गुम्बा अति आवश्यक भएको महशुस गरि तीनवर्ष अघि स्थापना गरिएको यस संस्थाले बौद्धधर्म र भगवान बुद्धको दर्शनलाई प्रकाश पार्ने कार्यक्रमहरु अविछिन्न रुपमा सञ्चालन गर्दै आएको छ ।

संस्थाका अध्यक्ष सुमलकुमार गुरुङले गुम्बाका लागि आर्थिक संकलन अभियान पनि नियमित रुपमा बढिरहेको जानकारी दिएका छन् ।

वार्षिक साधारणसभामा सबै नेपाली जातजातिका संघसंस्थाका प्रतिनिधि, अध्यक्ष र संस्थाका पदाधिकारीहरू र सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो । यस पटकको साधारणसभामा सबै उपस्थित भएका व्यक्तित्वहरूले छिटो भन्दा छिटो एउटा बौद्धगुम्बा अपरिहार्य रहेको औंल्याएका थिए । यसका लागि सबै जना मिलेर आर्थिक संकलन गर्ने वाचा सहभागीको छ ।

कोषाध्यक्ष सूर्जा गुरुङको आर्थिक प्रतिवेदन र योगेश गुरुङद्वारा प्रस्तुत महासचिवको वार्षिक प्रत्तिवेदन सर्वसम्मत पारित भएको थियो । महासचिवले संस्थाका प्रमुख गुरु खेन्पो शिरलम गुरुङद्वारा प्रेषित शुभकामना सन्देश पढेर सुनाइएको थियो ।

संस्थाका अध्यक्षले संस्थाको विधान र वर्षभरी सञ्चालन गरिने कार्यक्रमबारे प्रकाश पारेका थिए । हलले ती सबै बुंदा सर्वसम्मत परित गरेको थियो । कार्यक्रममा उपाध्यक्षद्वय हितमान गुरुङ र मिना गुरुङले स्वागत तथा शुभकामना व्यक्त गरेका थिए ।

शुभकामना मन्तव्य व्यक्त गर्नेमा राम गुरुङ, श्रीचन्द्र गुरुङ, केश गुरुङ, हिराप्रसाद गुरुङ, अंकित गौचन, हेम छन्त्याल, धन गुरुङ, ले. दिल बहादुर गुरुङ, सुशिल प्रजापति, ओमप्रसाद गुरुङ आदि थिए ।

साधारण सभामा छलफल पश्चात हलको निर्णय बमोजिम यस वर्ष बुद्धजयन्ती, धार्मिक तीर्थयात्रा, सिन्धुव्रत, च्यारिटी, ग्रह-शान्ति वा क्यावसी पूजा र अन्य महान गुरुहरूको आगमनको अवसरमा पूजाप्रवचन कार्यक्रम गरिने विषयमा निर्णय भएको छ ।

अन्तमा अध्यक्षद्वारा कार्यक्रम सफल अहोरात्र खटेका उपाध्यक्ष मिना गुरुङ लगायत सबै आमा समूह तथा सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेर तेश्रो साधारण सभा समापन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक