शनिबार, असार २० २०७७ | Sat, July 04, 2020
नेपालको समय: १३:४२ | UK Time: 08:57

स्पेनका लागि राजदूत शेर्पाद्वारा ओहदाको प्रमाणपत्र पेश

भोला लामिछाने
२०७६ माघ ११ गते ११:०९

स्पेन । स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले स्पेनका राजा समक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन् । गत शुक्रबार स्पेनको राजधानी मड्रिडस्थित राजदरबारमा राजा फिलिपे छैठौंसमक्ष उनले ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन् ।

राजदूत शेर्पालाई ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न राजदरबारमा निम्त्याइएको थियो । युरोपमा राजतन्त्रात्मक मुलुकमध्ये स्पेन पनि एक हो । स्पेनका लागि दोस्रो राजदूतमा नियुक्त भएकी राजदूत शेर्पा चर्चित सगरमाथा आरोही पासांग ल्हामु शेर्पाकी छोरी हुन् । शेर्पा स्पेनका लागि दोस्रो राजदूत हुन् । पहिलो राजदूत भरतबहादुर रायमाझी थिए । अमेरिकामा उच्च अध्ययन गरेर नेपाल फर्केकी शेर्पालाई नेपाल सरकारले नेपाली दूतावास स्पेनमा राजदूत नियुक्त गरेर स्पेन पठाउने निर्णय गरेसँगै शेर्पा केही महिनाअघि मड्रिड पुगेकी थिइन् ।

राजदूत शेर्पाले नेपालीहरूको बाक्लो बस्ती रहेको बार्सिलोनामा ल्होसार कार्यक्रमको प्रमुख आतिथ्य ग्रहण गर्दै स्पेनवासी नेपाली, नेपाल र स्पेनबीच पुलको रूपमा काम गरेर मुलुक र नेपालीको निम्ति लागि पर्ने बताएकी थिइन् । साथै स्पेनबाट ठूलो संख्यामा पर्यटक नेपाल भित्रयाउन दूताबासले भूमिका निभाउनुपर्ने र सबै नेपाली समुदायले समेत यसमा सहयोग गर्नुपर्नेमा उनले जोड दिइन् ।

यसअघि दावाफुटी पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको अध्यक्ष बनेर पर्यटन प्रवर्धन र सामाजिक काममा पनि सक्रिय भएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक