लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको राज्य समन्वय विभाग बिस्तार भएको छ । विभागका संयोजक एवम एनआरएनए यूके सचिव कोशलेश्वर (कृष्ण) ढकालले बेलायतका ४ वटै राज्य र सबै क्षेत्रका प्रतिनिधि समेटेर विभागलाई पूर्णता दिइएको बताए ।
विभागमा एक सदस्यसचिव, ९ सदस्य र ६ सल्लाहकार मनोनित भएका छन् । सदस्यसचिवको जिम्मेवारी तारा लम्सालले पाएका छन् । सदस्यमा कृष्ण देवकोटा (स्कट्ल्यान्ड), लीला न्यूरे (नर्दन आयरल्यान्ड), शिवराज पन्थ (लिभरपुल), बलराम अधिकारी (वेल्स), श्रद्धा थापा (साउथ इष्ट), केशरी क्षेत्री (डर्बी), भोजराज कंडेल (चार्ल्टन) र अन्जना थापा (साउथ इष्ट) छन् ।
त्यसैगरी, विभागको सल्लाहकारहरुमा राम गलामी, तिलक भट्टराई, अर्जुन गौतम, काशीराम भन्डारी, लाल थापा र ललितकुमार न्यौपाने मनोनित भएका छन् ।
संयोजक ढकालले अब छिट्टै विभागले कार्ययोजना तय गरी अघि बढ्ने योजना सुनाए । आगामी २ वर्षमा बेलायतका चारै राज्यमा विभागको आयोजनामा एक-एक कार्यक्रम गर्ने ढकालको योजना छ ।
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?