लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको राज्य समन्वय विभाग बिस्तार भएको छ । विभागका संयोजक एवम एनआरएनए यूके सचिव कोशलेश्वर (कृष्ण) ढकालले बेलायतका ४ वटै राज्य र सबै क्षेत्रका प्रतिनिधि समेटेर विभागलाई पूर्णता दिइएको बताए ।
विभागमा एक सदस्यसचिव, ९ सदस्य र ६ सल्लाहकार मनोनित भएका छन् । सदस्यसचिवको जिम्मेवारी तारा लम्सालले पाएका छन् । सदस्यमा कृष्ण देवकोटा (स्कट्ल्यान्ड), लीला न्यूरे (नर्दन आयरल्यान्ड), शिवराज पन्थ (लिभरपुल), बलराम अधिकारी (वेल्स), श्रद्धा थापा (साउथ इष्ट), केशरी क्षेत्री (डर्बी), भोजराज कंडेल (चार्ल्टन) र अन्जना थापा (साउथ इष्ट) छन् ।
त्यसैगरी, विभागको सल्लाहकारहरुमा राम गलामी, तिलक भट्टराई, अर्जुन गौतम, काशीराम भन्डारी, लाल थापा र ललितकुमार न्यौपाने मनोनित भएका छन् ।
संयोजक ढकालले अब छिट्टै विभागले कार्ययोजना तय गरी अघि बढ्ने योजना सुनाए । आगामी २ वर्षमा बेलायतका चारै राज्यमा विभागको आयोजनामा एक-एक कार्यक्रम गर्ने ढकालको योजना छ ।
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा