
लन्डन – पूर्व परराष्ट्र सचिव तथा बेलायतका लागि पूर्व राजदूत स्वर्गीय मुरारीराज शर्माको सम्झनामा बुधबार लन्डनको साउथहलमा एक श्रद्धान्जली कार्यक्रम आयोजना गरियो ।
कार्यक्रममा गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष कुल आचार्यले स्वर्गीय शर्मा नेपालका प्रखर कूटनीतिज्ञ, लेखक, कवि तथा साहित्यकार भएको बताए । ‘उहाँ एक मिलनसार र सहृदयी व्यक्ति हुनु हुन्थ्यो, उहाँले ठूलो सानोको भेद नगरेर निस्वार्थरुपमा सबैलाई समान व्यवहार गर्नु हुन्थ्यो’-आचार्यले भने । शर्माकै कार्यकालमा तमुधिं युकेले नेपाली दूतावाससंग मिलेर बेलायतमा नेपाली मेला आयोजना शुरू भएको पनि उनले स्मरण गरे ।
स्व. शर्माका कान्छा छोरा अनिस अधिकारीले अरुले एक कूटनीतिज्ञको रुपमा चिने पनि आफूले आफ्नो बाबा र अभिभावकको रुपमा उहाँलाई चिनेको बताए । भावपूर्ण श्रद्धान्जली दिंदै उनले आफूहरुलाई दुःखको यो बेलामा समवेदना व्यक्त गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गरे।
कार्यक्रममा मेजर रिटायर्ड सूर्यप्रसाद उपाध्याय, संगीतकार मदन थापा, समाजसेवी हरिसिंह थापा लगायत बेलायतस्थित नेपाली समाजका अगुवा, स्वर्गीय शर्माकी धर्मपत्नी नीला शर्मा तथा परिवारजनको उपस्थिति थियो । तर, नेपाली दूतावास लन्डनका कुनै पनि प्रतिनिधिको सभामा उपस्थिति थिएन ।
स्वर्गीय शर्माको पार्थिव शरीर कतार एयरवेज विमानबाट बिहीबार नेपाल लगिने र शुक्रबार बिहान काठमाडौँ पुग्ने पारिवारिक श्रोतले जनाएको छ । शुक्रबार बेलुका नै आर्यघाटमा स्वर्गीय शर्माको दाहसंस्कार गरिने बताइएको छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण