
लन्डन । दोलखा जिल्लास्थित श्री जनज्योति माध्यमिक विद्यालयको शैक्षिकसंगै प्राविधिक ज्ञानका लागि बेलायतबाट सहयोग सामग्री पठाइने भएको छ । दोलखा निवासी रवि उप्रेतीको अगुवाईमा सुरु गरिएको सामाजिक कार्यमा धेरैले साथ दिएपछि ल्यापटप लगायतका सामाग्री पठाउन लागिएको हो ।
दोलखा वैतश्वर गाउँपालिकामा रहेको उक्त विद्यालयमा ६ थान ल्यापटप पठाउन लागिएको एक जना समाजिक अभियन्ता रवि उप्रेतीले बताए । आफूले सानो अनुरोध गर्दा बेलायतस्थित नेपाली समुदायबाट स्वतस्फूर्त रुपमा सहयोग पाएको खुशी समेत उप्रेतीले व्यक्त गरे ।
सहयोग गर्नेमा एनआरएनए इंग्ल्याण्ड राज्य परिषद्का अध्यक्ष दिपक श्रेष्ठ, आइसीसी सदस्य ललित न्यौपाने, डाक्टर मुकुन्द बास्तोला, समाजसेवी तथा व्यवसायी तिलक भट्टराई, मन्दीप केसी, रेशम बस्याललगायत छन । तामाङ गाउँको बीचमा अवस्थित जनज्योति विद्यालयमा ल्यापटप पुगेपछि बालबालिका लाभान्वित हुने अपेक्षा गरिएको छ ।

हालसम्मका सहयोगी मनहरु-
दोलखा जिल्लाको बैतश्वोर गाउँपालिकामा अवस्थित अति बिपन्न तामाङ समुदायको बीचमा रहेको स्कूल श्री जनज्योति माबिको शैक्षिक स्तरको विकासका लागि शैक्षिक सामग्री (६ वटा ल्यापटप) उपलब्ध गराउने उद्देश्यसहित संकलित सहयोगका दाताहरु । उप्रेतीले अन्य बेलायतवासीलाई पनि सहयोग गर्न अपिल गरेका छन् ।
1. Tilak Bhattarai £51
2. Mukunda Bastola £51
3. Bikesh R Basnet £51
4. Rabi Upreti £101
5. Samir Bhattarai £31
6. Resham Basyal l£31
7. Mandip KC £51
8. Surendra Deoja £31
9.Nabaraaj karki £50
10.Mohammed Baraka nasoor £10
11.Mark foster £10
12.Sana star cousin £5
13. Rameshwor Devkota £25
14. Deepak Shrestha £55.00
15. Yuvraj Singh £21
16. Tikaram neure £41
17. Ahilya thapa £20
18.Birendra Nepal £20
19.Lalit Kumar Neupane £51
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति
तनहुँको ऋषिङमा सुरु भयो राष्ट्रिय मौलिक कौराहा सम्मेलन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो