बेलायतबाट दोलखास्थित बिद्यालयलाई सहयोग


लन्डन । दोलखा जिल्लास्थित श्री जनज्योति माध्यमिक विद्यालयको शैक्षिकसंगै प्राविधिक ज्ञानका लागि बेलायतबाट सहयोग सामग्री पठाइने भएको छ । दोलखा निवासी रवि उप्रेतीको अगुवाईमा सुरु गरिएको सामाजिक कार्यमा धेरैले साथ दिएपछि ल्यापटप लगायतका सामाग्री पठाउन लागिएको हो ।

दोलखा वैतश्वर गाउँपालिकामा रहेको उक्त विद्यालयमा ६ थान ल्यापटप पठाउन लागिएको एक जना समाजिक अभियन्ता रवि उप्रेतीले बताए । आफूले सानो अनुरोध गर्दा बेलायतस्थित नेपाली समुदायबाट स्वतस्फूर्त रुपमा सहयोग पाएको खुशी समेत उप्रेतीले व्यक्त गरे ।

सहयोग गर्नेमा एनआरएनए इंग्ल्याण्ड राज्य परिषद्का अध्यक्ष दिपक श्रेष्ठ, आइसीसी सदस्य ललित न्यौपाने, डाक्टर मुकुन्द बास्तोला, समाजसेवी तथा व्यवसायी तिलक भट्टराई, मन्दीप केसी, रेशम बस्याललगायत छन । तामाङ गाउँको बीचमा अवस्थित जनज्योति विद्यालयमा ल्यापटप पुगेपछि बालबालिका लाभान्वित हुने अपेक्षा गरिएको छ ।

हालसम्मका सहयोगी मनहरु-
दोलखा जिल्लाको बैतश्वोर गाउँपालिकामा अवस्थित अति बिपन्न तामाङ समुदायको बीचमा रहेको स्कूल श्री जनज्योति माबिको शैक्षिक स्तरको विकासका लागि शैक्षिक सामग्री (६ वटा ल्यापटप) उपलब्ध गराउने उद्देश्यसहित संकलित सहयोगका दाताहरु । उप्रेतीले अन्य बेलायतवासीलाई पनि सहयोग गर्न अपिल गरेका छन् ।
1. Tilak Bhattarai £51
2. Mukunda Bastola £51
3. Bikesh R Basnet £51
4. Rabi Upreti £101
5. Samir Bhattarai £31
6. Resham Basyal l£31
7. Mandip KC £51
8. Surendra Deoja £31
9.Nabaraaj karki £50
10.Mohammed Baraka nasoor £10
11.Mark foster £10
12.Sana star cousin £5
13. Rameshwor Devkota £25
14. Deepak Shrestha £55.00
15. Yuvraj Singh £21
16. Tikaram neure £41
17. Ahilya thapa £20
18.Birendra Nepal £20
19.Lalit Kumar Neupane £51

प्रतिक्रिया

सम्बन्धित सामाग्री