उपमेयर लक्ष्य गुरुङ र एनआरएनए युके अध्यक्ष पुनम गुरुङ सम्मानित


अल्डरसट । क्वोने (घोताने-घोण्डे) गुरुङ (तमु) समाज युकेले माघे (मकर) संक्रान्तिको अवसरमा समाजका सल्लाहकार उपमेयर काउन्सिलर लक्ष्य गुरुङ र एनआरएनए युके अध्यक्ष पुनम गुरुङलाई सम्मान गरेको छ । गत १८ जनवरी २०१९ शनिबार अल्डरसटस्थित एम्पायर हलमा कार्यक्रम भएको हो ।

समाजले हरेक वर्ष माघे संक्रान्तिको अवसर पारेर भाइखलक तथा चेलिबेटीहरु भेटघाट गर्नुकासाथै परम्परगत रुपमा चल्दै आएको चेलिबेटीलाई भात खुलाउने प्रचलन यहाँ युकेमा पनि निरन्तर गर्दै आएको छ । 

कार्यक्रममा उपमेयर लक्ष्य गुरुङले आफ्नो पहिचान वा अस्तित्व बचाउने हो भने परम्परा, रितिथिती, भेषभुषा अनि भाषा पनि जोगाउन अति आवश्यक रहेको बताए । उनले  बेलायतको सन्दर्भमा जिवीस (यहुदी) समुदायको उदाहरण प्रस्तुत गर्दै गुरुङहरुले पनि आफ्नो अस्तित्व बचाउने हो जिवीसहरु जस्तै एक्यबद्ध भएर परम्परा अनि रितिथिती जोगाउनु पर्नेमा जोड दिए । यस कार्यको मुख्य अभिभारा युवा पुस्ताले लिनुपर्नेमा उनको जोड थियो ।

त्यसैगरी कार्यक्रममा सम्मानित अर्का व्यक्तित्व एनआरएनए युकेकी अध्यक्ष श्रीमती पुनम गुरुङले माइती पक्षको गुण तिरेर कहिल्यै नसकिने बताइन् । हिजै मात्र आफू चेलिबेटी प्रमुख भएर काम गरेको स्मरण गर्दै उनले समाजले यति छोटो समयमै प्रगति गरेको देख्दा ज्यादै खुशी लागेको पनि बताइन् ।

उनले एनआरएनए युकेले के गरिरहेको छ भन्ने कुरा छोटकरीमा जानकारी दिंदै एनआरएनए युकेले समसामयिक मुद्दा र विषयहरुलाई नै प्राथमिकता दिइरहेको र चाँडै कार्ययोजना सहित एनआरएनए युकेको गतिविधि जनमानससमक्ष जानकारी गराउने जनाइन् ।

स्मरण रहोस् गत वर्ष एनआरएनए युकेको चुनावमा पुनम गुरुङलाई बिजय गराउन माइती पक्षले धेरै सहयोग गरेको थियो । यस क्वोने समाजका अध्यक्ष अ. लेप्टेन चन्द्र गुरुङ पुनमको चुनाबी अभियानको संयोजक थिए । 

कार्यक्रममा लिभरपुल विश्वबिद्यालयमा विद्यावारिधि गरिरहेका एनआरएनए आइसीसी सदस्य भक्त गुरुङ तथा एनआरएनए आइसीसी अनुशासन विभाग प्रमुख सूर्य गुरुङको पनि उपस्थिति थियो   

प्रतिक्रिया

सम्बन्धित सामाग्री