लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए ) यूकेको नवौं कार्यसमितिको तेस्रो पूर्ण बैठक आइतबार लण्डन वुल्वीचमा सम्पन्न भयो । संघकी अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न ११ निर्णय गरेको जानकारी महासचिव फडिन्द्र भट्टराईले दिएका छन् ।
बैठकमा निवर्तमान कार्यसमितिका तर्फबाट कोषाध्यक्ष सचिन श्रेष्ठले २२ पृष्ठ लामो आर्थिक प्रतिवेदन पेश गरेका थिए । जसमा संस्थाको कोष १० हजार पाउण्डभन्दा बढि ‘माइनस’ मा छ । सदस्यहरुबाट उठाएको हजारौं पाउण्ड मनलाग्दी खर्च गरिएको छ । सोहि प्रतिवेदनमाथि छानबिन गर्न तीन जना अकाउन्टेन्टका साथ अध्यक्ष पुनम गुरुङ र कोषाध्यक्ष तेजेन्द्र रोका रहने एक समिति गठन गर्ने निर्णय भएको छ ।
बैठकले आगामी मार्च ५ का दिन एनआरएनए स्थापना दिवस मनाउने निर्णय गरेको छ । उक्त कार्यक्रम संयोजन गर्ने जिम्मा आइसिसी सदस्य रामशरण सिम्खडालाई दिइएको छ ।
बैठकबाट एनआरएनए यूके खेलकुद विभागको संयोजन गर्ने जिम्मा कार्यसमिति सदस्य ह्यारी गुरुङलाई लगाइएको छ । यसअघि गठित विभिन्न विभागमध्ये पूर्णता पाइसकेका केहि विभागका संयोजकहरुले त्यसबारे बैठकमा प्रस्तुत गरेका थिए ।
उपाध्यक्ष नारायण कँडेलले प्रस्तुत गरेको राज्य समन्वय परिषद र तीनको क्षेत्राधिकारसम्बन्धी नियमावलीमा थप छलफल आवश्यक रहेको भन्दै पछि निर्णय गरिने भएको छ । राज्य परिषदका पदाधिकारीहरुले नियमावलीमा सुधार गरिनुपर्ने भन्दै थप छलफल आवश्यक हुने आवाज उठाएका थिए ।
बैठकले विभाग गठन तथा कार्यसञ्चालन कार्यविधि र विभाग सञ्चालनसम्बन्धी निर्देशिकालाई भने छलफलपछि पारित गरेको छ । आइसिसीमा मनोनित सदस्यहरुले बुझाउनुपर्ने शुल्कका लागि पत्राचार गर्न कोषाध्यक्ष तेजेन्द्र रोकालाई जिम्मा लगाइएको छ ।
बैठकमा राज्य समन्वय परिषदहरुमध्ये वेल्स परिषदका तर्फबाट अध्यक्ष कृष्ण भण्डारीले आफ्ना कार्यक्रम तथा गतिविधिसम्बन्धी विवरण पेश गरेका थिए ।
आउँदो मार्च ८ मा महिला संयोजक प्रसुना कंडेलको संयोजनमा मनाइने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम सफल पार्न सिंगो कार्यसमिति सक्रिय बन्ने निर्णय भएको छ । संघसंस्था विभाग संयोजक एवं उपाध्यक्ष रोजिना प्रधान राईले प्रस्तुत गरेको विभागले आयोजना गर्ने अन्तरक्रिया कार्यक्रमको प्रस्ताव छलफलपछि पारित भयो ।
प्रवक्ता रामकुमार गुरुङका अनुसार, बैठकमा कार्यसमितिका अधिकांश पदाधिकारी र सदस्यहरुको सहभागिता थियो । त्यस्तै, इंग्ल्याण्ड राज्य समन्वय परिषद अध्यक्ष दिपक श्रेष्ठ, वेल्सका अध्यक्ष कृष्ण भण्डारी र आइसिसी सदस्य ललितकुमार न्यौपाने पनि बैठकमा सहभागी थिए ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न