लन्डन । एनआरएनए यूकेको अघिल्लो कार्यसमितिले निर्वाचन सम्पन्न भएको करिब साढे ४ महिनापछि बल्ल आफ्नो आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ । संघका निवर्तमान अध्यक्ष योगकुमार फगामी नेतृत्वको कार्यसमितिले आइतबार वर्तमान कार्यसमितिसमक्ष प्रतिवेदन पेश गरेको निवर्तमान कोषाध्यक्ष सचिन श्रेष्ठले जानकारी दिए ।
०१७-१९ कार्यसमितिले अघिल्लो कार्यसमितिबाट एक लाख ३६ हजार २९६.८७ पेन्स लिएको थियो । त्यसमध्ये ५५ हजार ५५०.९५ तिर्न बांकी हुंदा कार्यसमितिसंग ८० हजार ७४५.९२ पेन्स वचत थियो । यसमा नेपाल हाउस वापत उठेको रकम ४३ हजार २२३ पाउण्ड २१ पेन्स समेत छ ।
नेपाल हाउसको पैसा बाहेक ३७ हजार ५२२.७१ कार्यसमितिसंग थियो ।
गत सेप्टेम्बरमा सम्पन्न निर्वाचनका क्रममा एक लाख ३८ हजार ९०० पाउण्ड सदस्यता शुल्क र ६८ हजार ७०० उम्मेदवारी शुल्क वापत उठेकामा १ लाख ११ हजार ८४५ पाउण्ड १५ पेन्स निर्वाचनमै खर्च भएको २२ पेज लामो प्रतिवेदनमा छ ।
निर्वाचनमा अल्डरसटको एम्पायर हल भाडामात्र ३३ हजार ६२४ पाउण्ड र सेक्युरिटी खर्च १२ हजार ६९२ पाउण्ड तिरिएको छ ।
संघ अहिले १० हजार ४५० पाउण्ड घाटामा रहेको प्रतिवेदनले जनाएको छ ।
निवर्तमान युवा संयोजक एलबीजेड गुरुङले अभिनेता राजेश हमालको कार्यक्रम खर्च १२ हजार ८६९.३९, निवर्तमान उपाध्यक्ष शेर सुनारको अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यक्रम गर्दा दुई हजार पाउण्ड र महासचिव आर के त्रिपाठीको ५०० पाउण्ड खर्च (इन्भोइस छैन्) ले वार्षिक साधारणसभापछि बिल पेश गरेका हुन् ।
संस्थाका पदाधिकारीले खाजा खर्चमा मात्र ९ हजार १६४.९२ पाउण्ड खर्च गरेका छन् ।
लामो समयसम्म प्रतिवेदन सार्वजनिक नहुंदा विभिन्न नकारात्मक टिप्पणी आएपनि हरहिसाब दुरुस्त भएको श्रेष्ठको दावी छ । ।
प्रतिवेदनको पूर्ण विवरण हेर्न तलको लिंक क्लिक गर्नुहोस्-
https://drive.google.com/file/d/1HEZNpejj8Fy0lOk3p4fCp34jOGqc6AuO/preview?fbclid=IwAR2dc8aehJMkMPx5D20n5668RmkhVKS1HqYtOVUJ6Xw8Rm5Wx067MNthYmQ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक