
लन्डन । बेलायत तथा माल्टाका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको विशेष उपस्थितिमा ‘माल्टा नेपाल फ्रेण्डसीप सोसाइटी’ गठन भएको छ । राजदूत डा. सुवेदीले माल्टाको राजधानी भ्यालेट्टामा शुक्रबार एक समारोहबीच सोसाइटी गठनको घोषणा गरेका हुन् ।
लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरनका अनुसार, सोसाइटीको संरक्षकमा राजदूत डा. सुवेदी छन् भने अध्यक्षमा भ्यालेट्टास्थित मजाइडा नगरपालिकाकी मेयर श्रीमति मार्गरेट बलडाचिनो र उपाध्यक्षहरुमा डा. भिक्टोर बुजिया, टोमस मिकालुस्कस, साइमन अल्डेन र सोम सापकोटा चुनिएका छन् । त्यसैगरि, महासचिवमा डा. जोसेप क्यालेजा, सचिव एवं प्रवक्तामा मार्को क्रेमोना र कोषाध्यक्षमा डा. भिभियना प्रेमाजी छानिएको जनाइएको छ ।
सदस्यहरुमा काउन्सिलर मरिस एगुस, काउन्सिलर अल्फ्रेड फारुग्जा, काउन्सिलर जुडी स्काइबरस, काउन्सिलर अलेक्सजेण्डर जमिट, डा. निकोलस चाल्स, डा. बेन्जामिन मिकालेफ, जोनाथन बोनिक्ट, रोनाल्ड वेज, निकोलस क्यालिगरी, स्टिभ मर्सिसा, ओलेग जाकोलीभ, सुरिस क्लाभिल्स, राजु अर्याल र चेतबहादुर केसी छानिएका छन् ।
राजदूत डा. सुवेदीले नवगठित सोसाइटीले नेपाल र माल्टा एवं नेपाली र माल्टावासी समुदायबीच सम्बन्ध अभिवृद्धिका लागि पुलका रुपमा काम गर्ने विश्वास व्यक्त गरेका छन् । राजदूतले सोसाइटीलाई ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियानमा साथ दिन आग्रह गर्दै नेपाल सुरक्षित, शान्त र सुन्दर विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य रहेकोबारे प्रचार प्रसार गर्न पनि अनुरोध गरे ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण