लन्डन । लिभरपुल नेपाली समाज बेलायतले ‘So The Child May Live’ भन्ने संस्थालाई ११ हजार स्टर्लिङ पाउण्ड हस्तान्तरण गरेको छ । बुधबार नेपाली समाजका प्रतिनिधिहरु संकलित ८ हजार पाउण्ड लिएर मेयर अफिस पुगेका थिए । नेपालका क्यान्सर पीडित बच्चाहरुका लागि यो रकम उठाइएको सुनेपछि मेयर प्रभावित भए र उनको कार्यालयकातर्फबाट पनि ३ हजार पाउण्ड प्रदान गरे । यसले सहयोग रकम ११ हजार पुग्यो । त्यसमध्ये ८ हजार पाउण्ड बेलायत सरकारले दोब्बर गरिदिने हुनाले सहयोग रकम कम्तिमा १९ हजार पाउण्ड पुग्ने भएको छ ।
नेपालको कान्ति बाल अस्पताललाई निरन्तर सहयोग गर्दै आएको संस्था हो ‘So The Child May Live’ । सो संस्था लिभरपुलमा रहेको Alder Hey बाल अस्पतालका नर्स तथा डाक्टरहरूको सक्रियतामा स्थापना भएको हो । संस्थाले यो वर्ष नेपालका क्यान्सर पीडित बालबालिकाको मृत्युदर घटाउन आवश्यक पर्ने सामाग्री तथा उपचारका लागि आर्थिक संकलन अभियान शुरू गरेको थियो ।
लिभरपुल नेपाली समाजले यस्तो पवित्र अभियानमा आफ्नो पनि साथ र सहयोग हुनुपर्ने आवश्यकता महशुस गरि गत २४ नोभेम्बर २०१९ मा च्यारिटी डिनर तथा सांस्कृतिक कार्यक्रम आयोजना गरयो । उक्त कार्यक्रममार्फत संस्थाले लिभरपुलस्थित विभिन्न व्यक्ति र संस्थाहरुलाई आर्थिक सहयोग गर्न आव्हान गरेको थियो ।
कार्यक्रममा बेलायतको बिभिन्न शहरमा बस्ने नेपाली, बेलायती तथा भारतीय नागरिकहरुको समेत उपस्थिति थियो । एनआरएनए युके, हेल्थ एक्सचेञ्च नेपाल, नेपलिज डाक्टर एसोसिएसन युकेबाट समेत सहयोग प्राप्त भएको थियो । मर्सी स्कूल अफ एनेस्थेसिया, लिभरपुलले सबैभन्दा धेरै रकम ५ हजार पाउण्ड सहयोग गरेको थियो ।
सोचे भन्दा धेरै रकम उठेकामा ‘So The Child May Live’ का प्रतिनिधिहरु हर्षित भए र लिभरपुल नेपाली समाजप्रति कृतज्ञ थिए ।
नेपाली समाजकोतर्फबाट सल्लाहकारद्वय डा. शम्भु आचार्य र भक्त गुरुङ, अध्यक्ष देउमान इजम, उपाध्यक्ष नरेश बिष्ट, सचिव शिवराज पन्त र कोषाध्यक्ष हरिराम अर्यालको टोली १५ जनवरी बिहान साढे दश बजे मेयरको कार्यालय पुगेको थियो ।
‘So The Child May Live’ का प्रतिनिधिहरु यही जनवरीभित्रै नेपाल गई ‘वर्ल्ड चाइल्ड क्यान्सर’ संग सहकार्य शुरू गर्नेछन् ।
विकसित मुलुकहरुमा क्यान्सर पीडितमध्ये ८० प्रतिशतसम्म बालबालिका बांच्न सक्छन् भने नेपाल लगायत विकासोन्मुख मुलुकमा पीडितमध्ये १० प्रतिशतमात्र बांच्न सफल हुन्छन् । यही तथ्यांकलाई मध्यनजर गर्दै च्यारिटी संस्था ‘वर्ल्ड चाइल्ड क्यान्सर’ ले पिछडिएका मुलुकहरुमा सहयोग अभियान शुरू गरेको हो । यो अभियानको नाम ‘क्लोज द क्यान्सर ग्याप’ हो । यस अभियान अन्तर्गत नेपालका सातै प्रदेशका क्यान्सर पीडित बालबालिकालाई सहयोग गर्ने लक्ष्य राखिएको छ ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक