लन्डन । लिभरपुल नेपाली समाज बेलायतले ‘So The Child May Live’ भन्ने संस्थालाई ११ हजार स्टर्लिङ पाउण्ड हस्तान्तरण गरेको छ । बुधबार नेपाली समाजका प्रतिनिधिहरु संकलित ८ हजार पाउण्ड लिएर मेयर अफिस पुगेका थिए । नेपालका क्यान्सर पीडित बच्चाहरुका लागि यो रकम उठाइएको सुनेपछि मेयर प्रभावित भए र उनको कार्यालयकातर्फबाट पनि ३ हजार पाउण्ड प्रदान गरे । यसले सहयोग रकम ११ हजार पुग्यो । त्यसमध्ये ८ हजार पाउण्ड बेलायत सरकारले दोब्बर गरिदिने हुनाले सहयोग रकम कम्तिमा १९ हजार पाउण्ड पुग्ने भएको छ ।
नेपालको कान्ति बाल अस्पताललाई निरन्तर सहयोग गर्दै आएको संस्था हो ‘So The Child May Live’ । सो संस्था लिभरपुलमा रहेको Alder Hey बाल अस्पतालका नर्स तथा डाक्टरहरूको सक्रियतामा स्थापना भएको हो । संस्थाले यो वर्ष नेपालका क्यान्सर पीडित बालबालिकाको मृत्युदर घटाउन आवश्यक पर्ने सामाग्री तथा उपचारका लागि आर्थिक संकलन अभियान शुरू गरेको थियो ।
लिभरपुल नेपाली समाजले यस्तो पवित्र अभियानमा आफ्नो पनि साथ र सहयोग हुनुपर्ने आवश्यकता महशुस गरि गत २४ नोभेम्बर २०१९ मा च्यारिटी डिनर तथा सांस्कृतिक कार्यक्रम आयोजना गरयो । उक्त कार्यक्रममार्फत संस्थाले लिभरपुलस्थित विभिन्न व्यक्ति र संस्थाहरुलाई आर्थिक सहयोग गर्न आव्हान गरेको थियो ।
कार्यक्रममा बेलायतको बिभिन्न शहरमा बस्ने नेपाली, बेलायती तथा भारतीय नागरिकहरुको समेत उपस्थिति थियो । एनआरएनए युके, हेल्थ एक्सचेञ्च नेपाल, नेपलिज डाक्टर एसोसिएसन युकेबाट समेत सहयोग प्राप्त भएको थियो । मर्सी स्कूल अफ एनेस्थेसिया, लिभरपुलले सबैभन्दा धेरै रकम ५ हजार पाउण्ड सहयोग गरेको थियो ।
सोचे भन्दा धेरै रकम उठेकामा ‘So The Child May Live’ का प्रतिनिधिहरु हर्षित भए र लिभरपुल नेपाली समाजप्रति कृतज्ञ थिए ।
नेपाली समाजकोतर्फबाट सल्लाहकारद्वय डा. शम्भु आचार्य र भक्त गुरुङ, अध्यक्ष देउमान इजम, उपाध्यक्ष नरेश बिष्ट, सचिव शिवराज पन्त र कोषाध्यक्ष हरिराम अर्यालको टोली १५ जनवरी बिहान साढे दश बजे मेयरको कार्यालय पुगेको थियो ।
‘So The Child May Live’ का प्रतिनिधिहरु यही जनवरीभित्रै नेपाल गई ‘वर्ल्ड चाइल्ड क्यान्सर’ संग सहकार्य शुरू गर्नेछन् ।
विकसित मुलुकहरुमा क्यान्सर पीडितमध्ये ८० प्रतिशतसम्म बालबालिका बांच्न सक्छन् भने नेपाल लगायत विकासोन्मुख मुलुकमा पीडितमध्ये १० प्रतिशतमात्र बांच्न सफल हुन्छन् । यही तथ्यांकलाई मध्यनजर गर्दै च्यारिटी संस्था ‘वर्ल्ड चाइल्ड क्यान्सर’ ले पिछडिएका मुलुकहरुमा सहयोग अभियान शुरू गरेको हो । यो अभियानको नाम ‘क्लोज द क्यान्सर ग्याप’ हो । यस अभियान अन्तर्गत नेपालका सातै प्रदेशका क्यान्सर पीडित बालबालिकालाई सहयोग गर्ने लक्ष्य राखिएको छ ।
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति
तनहुँको ऋषिङमा सुरु भयो राष्ट्रिय मौलिक कौराहा सम्मेलन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो