लन्डन । लिभरपुल नेपलिज कम्युनिटीले क्यान्सर पीडित नेपाली बालबालिकाका लागि ८ हजार पाउण्ड संकलन गरेको छ । उक्त रकम कान्ति बाल अस्पताललाई सहयोग गरिरहेको च्यारिटी संस्था ‘सो द चाइल्ड मे लिभ’ लाई दिइने कम्युनिटीका पूर्व अध्यक्ष शम्भु आचार्यले जनाए । बेलायत सरकारले संकलित रकम जति नै थपिदिएर यो रकम दोब्बर हुनेछ । संकलित रकम आज बुधबार लिभरपुल मेयरमार्फत हस्तान्तरण गरिएको आचार्यले जनाए । कम्युनिटीले सहयोगदाता सबैप्रति आभार व्यक्त गरेको छ ।
लिभरपुलस्थित ‘अल्डर हे बाल अस्पताल’ मा कार्यरत नर्सहरुको सक्रियतामा स्थापित ‘सो द चाइल्ड मे लिभ’ ले नेपालका क्यान्सर पीडित बालबालिकाको मृत्युदर घटाउन आवश्यक सामाग्री तथा उपचारका लागि अर्थ संकलन अभियान गरिरहेको छ ।
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा