लन्डन । गैर आवासीय नेपाली संघकी निवर्तमान सचिव जानकी गुरुङले गत अक्टोबर महिनामा काठमाडौँमा सम्पन्न संघ को नवौं विश्व महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचनमा भएका भनिएका अनियमितताहरुको तत्काल छानबिन गर्न माग गरेकी छिन् ।
एक विज्ञप्ति प्रकाशित गर्दै श्रीमती गुरुङले साधारणसभाबाट अनुमोदित नभएको महासचिव र कोषाध्यक्षको प्रतिवेदनलाई विशेष साधारणसभा बोलाइ छलफल चलाउन पनि माग गरेकी छन्।
उनले संस्थालाई विधानसम्मत संस्थागत नगरी वैधानिक नहुने हो भने कुनै पनि निर्णयहरु मान्य नहुने चेतावनी पनि दिएकी छिन् ।
गत साता गैर आवासीय नेपाली संघका निवर्तमान उपाध्यक्ष कुल आचार्यले पनि लन्डनमा पत्रकारहरुसंग अन्तरक्रिया गर्दे तत्काल विशेष अधिवेशन बोलाउन माग गरेका थिए ।
उनले नवौं विश्व सम्मेलनमा आर्थिक प्रतिवेदन पारित नहुनु संस्थाकै लागि दुर्भाग्यपूर्ण भन्दै यसले संस्थाको गरिमामाथि नकारात्मक असर परेको जनाएका थिए ।
श्रीमती जानकी गुरुङद्वारा प्रकाशित वक्तव्य जस्ताको तस्तै:
गैरआवासीय नेपाली संघको नवौं विश्व महाधिवेशन आँशिक रूपमा सम्पन्न भएको तीन महिना पुग्न लागेको छ । संस्थाको गरिमा र साखमाथि थप आँच आउन नदिन संयम अपनाइ निर्बाचनको मत परिणाम एकतर्फी रुपमा घोषणा गरिएकोमा पनि तटस्थ रहंदै विधान विपरित गरिएका गम्भीर त्रुटिहरुलाई सच्याउंदै लैजानेमा आशावादी थियौं । तर यतिका समय बितिसके पछि पनि नेत्रित्वमा रहनेहरुबाट संस्थाको वैधानिक पाटाहरु, महाधिवेशनका मुलभूत थाति राखिएका पक्षहरुको सम्बोधन र परिपूर्तितर्फ गैर जिम्मेवार रहेको पाइएकोले देहायका बिषयहरु उपर अविलम्व निर्णयमा पुग्न यो बिज्ञप्तीमार्फत ध्यानाकर्षण गराउन चाहन्छु ।
१. निर्वाचन समिति उपर गरिएका सबै उजुरीहरुको छानबिन र निर्णय सार्वजनिक गरियोस् ।
२. महासचिव र कोषाध्यक्षको साधारणसभाबाट अनुमोदित नभएको प्रतिवेदनलाई त्यसबेला पछि विशेष समिति बनाई पारित गर्ने भनिएकोमा विशेष समिति हैन, विशेष साधारणसभा बोलाई छलफल चलाईयोस् ।
३. संस्थाले सँरचनागतरूपमा गर्दै आएका काम र प्रगतिको निरन्तरता दिन र अनावश्यक रूपमा हरेक क्षेत्रमा फेरबदल तुरून्त रोकियोस् ।
उपरोक्त विषयहरु माथि सम्बन्धित पक्षले अविलम्व सम्बोधन गरी आगामी कार्यक्रम सार्वजनिक गरियोस र सबैको साझा संघ महशुस गर्ने गराउने वातावरण तयार गरियोस् । संस्थालाई यदि विधानसम्मत संस्थागत नगरी वैधानिक नहुने हो भने कुनै पनि निर्णयहरु मान्य नहुने पनि यसै विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छु । धन्यवाद
जानकी गुरुङ
निवर्तमान सचिव
गैरआवासीय नेपाली संघ
मिति: १२ जनवरी २०२०, बेल्जियम ।
नोट:
निर्वाचन सम्बन्धमा भएका अनिमियतता सम्बन्धमा परेका ऊजुरीहरू र हामीले पाएका केही प्रमाणहरू यसै विज्ञप्तीसंगै संलग्न गरिएको छ ।
1. डेलीगेट दर्ता सम्बन्धमा निर्वाचन आयुक्त मार्फत गरीएका पक्षपाती व्यवहारविरूद्ध निर्वाचनमा भाग लिन आएका डेलीगेटहरूको सामूहिक दावी विरोधको दर्ता नम्बर
2. निर्वाचन आयुक्तलाई मत गणनाको परिचय पत्र ‘रिभ्यालिडेट’ गरी पुन: मत गणना गरी पाऊ भनि घोषणा अगावै अध्यक्षका प्रत्यासी, महासचिवका प्रत्यासी र उपाध्यक्षका प्रत्यासीले सामूहिक रुपमा पठाएको निवेदनको प्रति
3. संघको विश्व संमेलन तथा कार्यसमितीको निर्वाचन सम्बन्धि अनयमितताको कारण सम्पूर्ण प्रकृया स्थगन गरी पाऊं भनि हालेको निवेदन
4. पहिलो पटक निर्वाचनको लागी निकालिएको voter list र पछी फेरी आयुक्तबाट आएको voter list
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक