शुक्रबार, चैत २१ २०७६ | Fri, April 03, 2020
नेपालको समय: ००:१६ | UK Time: 19:31

भ्रमण वर्ष अभियान प्रवर्धन गर्न लन्डनमा पदयात्रा

विनेपाली
२०७६ पुष २६ गते १२:४७

लन्डन । बेलायतस्थित च्यारिटी संस्था चितवन एड ट्रष्ट (क्याट यूके) ले ‘भिजिट नेपाल २०२०’ लाई प्रवर्धन गर्न ‘नेपालका लागि पद यात्रा’ 
(वाक फर नेपाल) गर्ने भएको छ । आउंदो १६ फेब्रुअरी २०२० का दिन पदयात्रा तयारी भएको हो ।

बिहान १० बजे औपचारिक कार्यक्रमपछि मध्यान्ह १२ बजे गोर्डन स्क्वायर उलवीचबाट पदयात्रा शुरु गरि ग्रीनवीच कट्टी सार्कमा समापन गरिने क्याट यूकेका अध्यक्ष जीवन सेनले जनाए ।

औपचारिक कार्यक्रममा लन्डनस्थित नेपाली दूतावास प्रतिनिधिले नेपाल भ्रमण वर्षबारे वृत्तचित्र प्रस्तुत गरि मन्तव्य दिने जनाइएको छ ।
समापनका क्रममा ग्रीनवीच कट्टी सार्कमा करिब एक घण्टा नेपाल र भ्रमण वर्ष अभियानसम्बन्धि फ्लायर, पोस्टर लगायत प्रचार प्रसार सामाग्री वितरण गर्ने योजना छ । उक्त पदयात्रामा सहभागिताका लागि क्याट यूकेले नेपाली राजदूतावास, एनआरएन यूके, स्थानीय मेयर, काउन्सिलर, सांसद र बेलायतस्थित सम्पूर्ण संघसंस्थालाई आव्हान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक