बिहीबार, माघ ९ २०७६ | Thu, January 23, 2020
नेपालको समय: ०७:१३ | UK Time: 01:28

एनआरएनए यूके च्यारिटी विभाग विस्तार

विनेपाली
२०७६ पुष २६ गते १२:२२
Sunil Khadka

सुनिलबाबु खड्का

लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) च्यारिटी विभाग विस्तार भएको छ । एनआरएनए यूके उपाध्यक्ष एवं च्यारिटी विभागका संयोजक सुनिलबाबु खड्काले सदस्य सचिव, सदस्य र सल्लाहकारहरु मनोनित 
गर्दै पूर्णता दिएपछि विभाग कुल १८ सदस्यीय भएको हो ।

विभागमा रातोपाटीका बेलायत संवाददाता नरेन्द्र बस्नेतलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ भने हेम गुरुङ, खेमराज जोशी, देव तामाङ, दिपक खड्का, भिमसेन खड्का, रुपेश राउत, बल्लभ गुरुङ, माया केसी र प्रतिमा जोशी सदस्य मनोनित भएका छन् ।

त्यसैगरी विभागको सल्लाहकारमा रिटायर्ड मेजर कृष्ण गुरुङ, आशबहादुर गुरुङ, बिक्रम भट्टराई, रमेश बास्तोला, नारायण 
फुंयाल, कुमार केसी र शंकर भण्डारीलाई मनोनित गरिएको छ ।

संयोजक खड्काले विभाग विस्तारपछि आफ्नो जिम्मेवारी वहन गर्न थप बल पुग्ने आशा व्यक्त गरेका छन् । उनले यसै वर्ष बेलायतमा भव्य च्यारिटी कार्यक्रम गर्ने योजना बनाइएको पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक