
लन्डन । यूके नेपाल फ्रेण्डसीप सोसाइटीको समन्वयमा बर्नमाउथस्थित इसकोफिएर क्याटरिङ कलेजमा नेपाली खानासम्बन्धि प्रदर्शनी भएको छ । गत ७
जनवरीमा सोसाइटीका आर्टस् सेक्सन अफिसर दीपक ताम्राकारले उक्त कलेजका २६ विद्यार्थीलाई दुई घण्टाजति नेपाली ‘कुजिन’ पकाउने तरिका सिकाए र खाना प्रदर्शनी गरे । यस क्षेत्रमा १५ वर्षभन्दा बढिको अनुभव संगालेका ताम्राकार सोसाइटीको ‘यूके नेपाली कल्चरल एण्ड सोसल हेरिटेज प्रोजेक्ट’ अन्तर्गत नेपाली कुजिन कम्पोनेन्ट वेवसाइट अनि ‘इ-बुक’ का प्रमुख सहयोगी हुन् ।
सो अवसरमा सोसाइटीका चिफ एक्जुकेटिभ अफिसर अलान मर्सेल सान्का, कलेजका सेफ ट्युटर डेभिड मार्सल, सेफ लेक्चरर मार्क अल्डरम्यान लगायत सहभागी थिए ।
प्रदर्शनीबाट उक्त कलेजका विद्यार्थीलाई नेपाली खानाबारे जानकार हुने मौका मिलेको सोसाइटीका सिइओ अलानले बताए । दक्षिण एसियाली खानामा नेपाली खानाको आफ्नै विशेषता रहेको र बेलायतमा हजारौं सेफहरु कार्यरत भएपनि नेपाली खानाको प्रवर्धन पर्याप्त हुन नसकेको आलनको बुझाइ छ । यस खालका प्रदर्शनीले नेपाली खाना प्रचार प्रसारमा थप बल पुग्ने आलन बताउंछन् ।
यूके नेपाल फ्रेण्डसीप सोसाइटीले बेलायतमा नेपाली कला, संस्कृति एवं पहिचानको जगेर्ना गर्न आफ्नो तर्फबाट निरन्तर काम गरिरहेको छ । सोसाइटीले ‘नेपाल भ्रमण वर्ष-२०२०’ अभियानमा सघाउने वाचा पनि गरेको छ ।
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक