लन्डन । प्रा. डा. सूर्यप्रसाद सुवेदी (ओबिइ, क्यूसी) को बेलायतबाट प्रकाशित अन्तर्राष्ट्रिय वैदेशिक लगानी कानूनः सिद्धान्त र नीति नामक ग्रन्थ फारसी भाषामा पनि अनुवाद भइ इरानमा प्रकाशित भएको छ । इरानका कानूनका प्राध्यापक मोहम्मद हवीवीले उक्त ग्रन्थ दुई वर्ष लगाएर अनुवाद गरेका हुन् ।
इरान, अफगानिस्तान र ताजिकिस्तान जस्ता देशमा बोलिने फारसी जस्तो प्राचीन संस्कार र संस्कृति भएको भाषामा आफ्नो ग्रन्थ अनुवाद भइ प्रकाशित भएकामा आफूलाई खुशी लागेको प्रा. सुवेदीले बताए ।
प्रा. सुवेदीको उक्त ग्रन्थ अन्तर्राष्ट्रिय रुपमै लोकप्रिय भएको छ । लन्डन विश्वविद्यालय लगायत संसारका धेरै प्रतिष्ठित विश्वविद्यालयहरुको स्नातक र स्नातकोत्तर तहको पाठ्यक्रममा यो ग्रन्थ समावेश छ ।
उक्त ग्रन्थ दुई वर्षअघि चिनिया भाषामा पनि अनुवाद भइ चीनमा प्रकाशित भएको थियो । उक्त ग्रन्थ अहिले चौंथो संस्करणमा प्रकाशोन्मुख छ ।
अन्तर्राष्ट्रिय कानूनका विभिन्न विषयमा यस्ता ८ वटा अन्तर्राष्ट्रिय स्तरका ग्रन्थ र झण्डै सयवटा अन्तर्राष्ट्रिय जर्नलहरुमा लेख प्रकाशित गरिसकेका प्रा. सुवेदीको विद्धतालाई कदर गर्दै गत वर्ष अक्सफोर्ड विश्वविद्यालयले उनलाई महाविद्यावारिधि जस्तो सर्वोच्च उपाधि प्रदान गरेको थियो ।
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा