लन्डन । एनआरएनए यूके संघसंस्था समन्वय विभागले आगामी फेब्रुअरीभित्र बेलायतका कम्तीमा ८ स्थानमा अन्तरसंवाद गर्ने भएको छ ।
एनआरएनए यूके उपाध्यक्ष तथा संघसंस्था समन्वय विभाग संयोजक रोजिनाप्रधान राईको अध्यक्षतामा गत आइतबार अल्डरसटमा सम्पन्न पहिलो बैठकले समुदायमा आधारित संघसंस्थाको सुझाव संकलन र केन्द्रिकृत गरि एनसीसीलाई योजना निर्माणमा सहयोग पुरयाउने अभिप्रायले स्कटल्याण्ड, मिडल्याण्डको बर्मिङहम र लेस्टर, हयारो, अल्डरसट, प्लमस्टिड, रेडिङ वा बेजिङटोक र केन्टमा गर्ने निर्णय गरेको हो । मिति र स्थान १५ जनवरीभित्र तय गरिने छ ।
उपाध्यक्ष तथा विभागकी संयोजक रोजिना प्रधान राईले बैठकमा सहभागी फोरमका सदस्यहरु, सल्लाहकारहरु, आमन्त्रित पदाधिकारीहरुलाई स्वागत गर्दै विभाग गठनको प्रकृया, विधानत यसको हैसियत, कार्यक्षेत्र तथा एनआरएन यूके र समुच्च बेलायती नेपाली डायस्पोरामा पार्न सकिने सकारात्मक प्रभावबारे चर्चा गर्दै आधिकारिक रुपमा विभागमा स्वागत गरेकी थिइन् ।
सो अवसरमा राईले विभागमा आवद्ध सदस्य सचिव, सदस्यहरु तथा सल्लाहकारहरुको बायोडाटासहित ‘प्रोफाइल प्रिजेन्टेसन’ दिएकी थिइन् ।
बैठकमा एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले विभागको प्रमुख कार्यमध्ये काउन्सिल बैठक प्रमुख रहेकाले आगामी सेप्टेम्बर दोश्रो हप्ता पछाडिमात्र यसको आयोजना गर्न सुझाव दिइन् । उनले विभागलाई नयां ढंगमा लैजान सुझाव दिंदै आफ्नो सिंगो कार्यसमिति यसमा सदैव सकारात्मक र सहयोगी बन्ने वचनवद्धता समेत व्यक्त गरिन् ।
महासचिव फडिन्द्र भट्टराईले विभागलाई समुन्नत र सुदृढ गराउन सचिवालयको तर्फबाट कुनै कसर बांकी नराख्ने प्रतिवद्धता जनाउंदै सबै सूचना तथा निर्णय गैर आवासीय नेपाली संघ यूकेको विधान तथा यसले तय गरेका नियम बिनियमभित्र रहेर भविष्यमा समेत विभागलाई काम गर्न निर्देशन तथा सुझाव दिए ।
बैठकमा सल्लाहकार यादव श्रेष्ठले तयार गरेको विभागको टम्स अफ रिफरेन्स (टिओआर) बारे व्यापक छलफल भएको थियो ।
सो अवसरमा विभागको विगत कार्यक्रम समिक्षा र भावी कार्ययोजनाबारे छलफल समेत भयो । विभागको दोश्रो बैठक ‘कन्फरेन्स कल’ मार्फत तय गर्ने निर्णय भएको छ । अन्त्यमा संयोजक राईले सबैलाई धन्यवाद दिएपछि बैठक समापन भएको थियो ।
बैठक संचालन विभागका सदस्य सचिव बिष्णु चालिसेले गरेका थिए ।
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
डा भगवान कोइराला नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायती दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]