
लन्डन । तमुधिं लन्डन इकाईले बरो अफ बार्नेटका उपमेयर लक्ष गुरुङलाई ‘गुरुङ वर्ष व्यक्तित्व’ को रुपमा सम्मानित गरेको छ । आइतबार लन्डन ग्रीनफोर्ड टाउन हलमा आयोजित लोछार तथा नयां वर्ष कार्यक्रमका अवसरमा उपमेयर गुरुङलाई सम्मान गरिएको हो ।
सो अवसरमा बोल्दै उपमेयर गुरुङले भारतीय, पाकिस्तानी लगायतका समुदायहरु तीन, चार पुस्तादेखि बेलायतमा बसोबास गरिरहेको तर उनीहरुले आफ्नो भाषा, संस्कृति कायमै राखेको बताए । ‘त्यसैगरी हाम्रो भाषा, संस्कृति, धर्म नयां पुस्तालाई हस्तान्तरण गर्दै जाने जिम्मेवारी हामीमा छ’- उनले भने । उनले बेलायतको शैक्षिक, सामाजिक, राजनीतिक क्षेत्रमा एकीकरण हुनुपर्ने चुनौती पनि नेपाली समुदाय सामु रहेको जनाए ।
कार्यक्रममा तमु धीं युकेका अध्यक्ष नन्दजंग गुरुङ, भेट्रान खुसीमान गुरुङ, आमा समूहकी अध्यक्ष दिलमाया गुरुङ लगायतवक्ताले शुभकामना दिएका थिए।
नेपालबाट आएका कलाकारहरु राजन गुरुङ, तिलक गुरुङ तथा तारा श्रीशले लोकप्रिय गीत गाएर सहभागीहरुलाई नचाएका थिए ।
तमुधिं लन्डन इकाईका सभापति चन्द्रबहादुर गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यक्रम संयोजक तथा इकाईका उपसभापति बिष्णु गुरुङले सबै सहभागी तथा पाहुनाहरुलाई स्वागत गरेका थिए । उनले आफ्नो भाषा, संस्कृति तथा परम्परा जोगाइ राख्न यो कार्यक्रम गरिएको बताउँदै सबै सहयोगीलाई धन्यवाद पनि दिए ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय