लन्डन । नेपालमा सर्वाधिक लोकप्रिय फिल्म ‘६ माया छपक्कै’ बेलायतका दर्शकले पनि रुचाएका छन् । नेपलिज इन्टरटेनमेन्ट यूकेले आइतबार अल्डरसटस्थित एम्पायर हलमा गरेको प्रदर्शनमा सयौं सहभागी भए ।
विषयवस्तु गहन र राजनीतिक भएपनि हांस्यव्यंग्य मिश्रित भएकाले फिल्म हेरुन्जेल दर्शकले कत्ति पट्यार मानेनन् ।
फिल्म प्रदर्शन अघि संक्षिप्त मन्तव्य राख्दै नेपालबाट आएका खलनायक अनुराग कुंवरले विदेशका नेपालीलाई पनि गुणस्तरिय चलचित्र देखाउने चाहना अनुरुप आफू बेलायत आएको बताए । सो अवसरमा एम्पायर हलका सञ्चालक पुरन गिरी र नेपलिज इन्टरटेनमेन्ट यूकेका सिद्धार्थविक्रम क्षेत्रीले खलनायक कुंवरलाई सम्मान गरे ।
मधुसुदन थापाले सञ्चालन गरेको ५ मिनेट लामो औपचारिक कार्यक्रममा स्वर्गीय कलाकार दीपक क्षेत्रीप्रति श्रद्धाञ्जलि अर्पण गर्न एक मिनेट मौनधारण गरिएको थियो ।
नेपलिज इन्टरटेनमेन्ट यूकेका बीरेन खड्का, सिद्धार्थविक्रम क्षेत्री, अनिल मल्ल, तारा गर्बुजा र मधुसुदन थापाको पहलमा फिल्म प्रदर्शन भएको हो । यो फिल्म बेलायतका अन्य शहरमा पनि देखाइनेछ ।
दीपेन्द्र लामा निर्देशित ‘छ माया छपक्कै’ मा दीपकराज गिरी, केकी अधिकारी, प्रकाश घिमिरे, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट, रमा थपलिया, अनुराग कुंवर, सविन बांस्तोला, शिशिर वाङ्देल लगायतको भूमिका छ ।
फिल्मले राजनीतिलाई पूर्णतः नकारात्मक दृष्टिकोणबाट व्याख्या गरेको छ । फिल्मले गाउंमा चलिरहेको दलीय राजनीति प्रस्तुत गर्दै गाउं विकासमा दलको भर पर्न नहुने सन्देश दिएको छ ।
तस्बिर- नरेन्द्र बस्नेत
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति
तनहुँको ऋषिङमा सुरु भयो राष्ट्रिय मौलिक कौराहा सम्मेलन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो