
लन्डन । लन्डनमा चलचित्र ‘शुभलभ’ को पहिलो शो उत्साहजनक भएको छ । आइतबार साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्ट हलमा आयोजित शो ‘हाउसफुल’ भइ दर्शकले रुचाउंदा आफू थप उत्साहित भएको निर्देशक सन्तोष लोहनीले बताए ।
चलचित्र हेर्न एनआरएनए यूके उपाध्यक्ष सुनिलबाबु खड्का, थर्ड आइका विकास देवकोटा, मिसेस नेपाल टिम, स्थानीय कलाकार र सर्वसाधारणको सहभागिता थियो ।
उक्त चलचित्र बेलायतका अन्य शहरमा झण्डै महिना दिनसम्म प्रदर्शनको तयारी छ । निर्देशक लोहनीले १२ तारिख प्लमस्टिड वर्किङ मेन्स क्लब, १८ जनवरी रेडिङको द वेयरहाउस, २० जनवरीमा स्कटल्याण्ड र १६ मा अल्डरसटमा प्रदर्शन मिति तय भइसकेको जनाए । प्रदर्शनका लागि अन्य शहरमा पनि कुरा भइरहेको लोहनी बताउंछन् ।
‘नारी’ पछि ‘शुभ लभ’ लोहनीले निर्देशन रहेको दोस्रो चलचित्र हो । बुद्ध इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा हरिहर अधिकारी र नवनायिका कृस्टिन पौडेलको मुख्य भूमिका छ । अग्रज कलाकार सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र, रविन्द्र झा, प्रदीप बास्तोला, अनुज पाण्डे, सूर्या थापा पनि विशेष भूमिकामा छन् । चलचित्रका निर्माता धर्मराज सुवेदी हुन् ।
प्रेम कथामा आधारित भएपनि चलचित्रमा पर्याप्त ‘कमेडी’ छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान शुरु भइसकेको अवस्थामा चलचित्रमा हिमाल, तातोपानी कुण्ड, बुद्ध जन्मस्थल लुम्बिनी, देवघाट, पोखरालगायत देशका विभिन्न मनोरम दृश्य भएकाले यसले पर्यटन प्रवर्धन हुने विश्वास निर्देशक लोहनीको छ ।
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा