लन्डन । बेलायतमा बसोबासरत नेपालीहरुले आफ्नो मातृभूमि मात्र नभएर आफू बसेको ठाउंको लागि पनि विभिन्न च्यारिटी सञ्चालन गर्ने क्रम बढेको छ । हालै मात्र बेजिङस्टकमा आफ्नो ब्यवसाय सञ्चालन गरिरहेका शिवजी श्रेष्ठले नयां वर्ष कार्यक्रमसंगै स्थानीय डाइबिटिज युके, बेजिङस्टकको सहयोगार्थ एक च्यारिटी कार्यक्रम गरे ।
स्थानीय बेजिङस्टकका पूर्व मेयर काउन्सिलर सोन केटिङको प्रमुख आतिथ्यमा सञ्चालित सो कार्यक्रममा एनआरएन युके राज्य समन्वय समिति इंगल्याण्डका अध्यक्ष दिपक श्रेष्ठ, स्थानीय लेबोर पार्टी, बेजिङस्टकका माइनरिटी अफिसर साजिस थोमस, नेपाल पूर्ब प्रहरी परिवार मञ्च बेलायतका अध्यक्ष वाचस्पति रेग्मी, मिसेस नेपाल युके २०१९ की उपविजेता बन्दना केसी, सेकेण्ड रनरअप सबिना थापा श्रेष्ठ, अमिका क्षेत्री, बुद्धिजिवी यादव श्रेष्ठ, समाजसेवी प्रतिमा जोशी, मदनमान श्रेष्ठ, रिना प्रधान श्रेष्ठ लगायतको उपस्थिति थियो ।
सो कार्यक्रममा एसफयू हेल्थी लाइफकी डाइरेक्टर उर्मिला श्रेष्ठले बेलायतमा डाइबिटिज पीडितहरुको संख्यात्मक अवस्था तथा यसका कारण र यसबाट बच्ने उपायबारे ‘पावर पोइन्ट प्रेजेन्टेसन’ गरेकी थिइन् ।
बेलायतमा टाइप टु डाइविटिज पीडितहरुको संख्या करिब ५० लाख हाराहारी रहेकामा दक्षिण एसियाली मुलका मानिसहरु यस रोगबाट अझ बढी पीडित रहेको बताउंदै श्रेष्ठले खानपान र लाइफ स्टाइलसंग सम्बन्धित यो रोग विरुद्ध डाइविटिज युकेसंग सहकार्य गरिरहेको बताइन् ।
सो अवसरमा पूर्व मेयर केटिङले आफू पनि यस रोगबाट पीडित रहेको बताउंदै नेपालीहरुद्वारा सञ्चालित कम्पनीले गरेको च्यारिटीको सह्राहना गर्दै स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पति रहेको बताए ।
प्रत्येक वर्ष स्थानीय सामाजिक संघ संस्थाहरुका लागि नियमित रुपमा च्यारिटी गर्दै आएका शिवजी श्रेष्ठको नेतृत्वमा रहेको यस संस्थाले गतवर्ष पनि बेजिङस्टकका घरबारबिहिनहरुका लागि कार्यरत संस्थाको सहयोगार्थ च्यारिटी गरेका थिए । आफ्नो लागिमात्र नभइ अरुका लागि केही गर्न सकियो भने जीवनको सार रहन्छ भन्दै श्रेष्ठले त्यहां उपस्थित भएर एवं अप्रत्यक्ष सहयोग गर्ने मनकारी व्यक्तिहरुको नाम लिंदै सबैलाई धन्यबाद दिए ।
सो अवसरमा ‘राफल ड्र’ समेत गरिएको थियो ।
विदेशमा बस्ने नेपालीहरुलाई मताधिकारको व्यवस्था गर्न नेपाल आदिवासी जनजाति महासंघ यूकेको माग
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण