लन्डन । गोर्खा जिल्ला गुरुङ समाज युकेले गुरुङ (तमु) हरुको मौलिक सांस्कृतिक पर्व ल्होछार/ल्होसार विविध कार्यक्रमका साथ मनाएको छ । गत २८ डिसेम्बर २०१९ शनिबार अल्डरसटस्थित एम्पायर हलमा पर्व मनाइएको हो । समाजले गुरुङहरुको मौलिक पर्व ल्होछार/ल्होसार स्थापना कालदेखि नै विविध सांस्कृतिक कार्यक्रमका साथ मनाउंदै आएको छ ।
गोर्खाली गुरुङहरु लगायत नेपालीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रम समाजका अध्यक्ष फडकजीत गुरुङ र संस्थापक अध्यक्ष थमप्रसाद गुरुङले संयुक्त रुपमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए । कार्यक्रममा नेपालबाट आएका लामा गुरु लोपन सोनम गुरुङ र स्थानीय लामा काजी गुरुङले धार्मिक पूजापाठ समेत गरे ।
कार्यक्रममा एनआरएनए युके अध्यक्ष पुनम गुरुङले प्रमुख अतिथिको आसनबाट ल्होछार गुरुङहरुको मौलिक पर्व हो भन्दै ‘गुरुङहरुको भाषा, कला, संस्कृति र पहिचान संरक्षण तथा सम्वर्धन गर्ने एउटा भरपर्दो माध्यम पनि हो’ भनिन् । साथै, उनले ल्होछारको शुभकामना पनि व्यक्त गरिन् ।
विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न कार्यक्रममा नेपालबाट आएका गायक प्रकाश गुरुङ, खिमा रोका मगर, स्थानीय कलाकारहरु दिनेश गुरुङ, बीरबहादुर गुरुङ, निराराज गुरुङ, सिर्जना गुरुङले गीत प्रस्तुत गरेका थिए । त्यस्तै, अबिसा गुरुङ, अलिजा गुरुङ, मीन गुरुङ, लक्ष्मण गुरुङ, तुलसी राना, कुमारी गुरुङ, अदिती गुरुङ, अप्सना गुरुङ, रिविका गुरुङ, निकिता गुरुङ, गोरिता गुरुङ, ओसिन गुरुङ, निल राई, गोविन्द गुरुङ, मिचेल गुरुङ, सौरभ गुरुङ, क्यामरोन जोन लगायत कलाकारहरुले नृत्य प्रस्तुत गरे । उक्त सांस्कृतिक कार्यक्रम सल्लाहकार बीरबहादुर गुरुङले संयोजन गरेका थिए भने अबिसा गुरुङले नृत्य प्रशिक्षण गरेकी थिइन् ।
कार्यक्रममा समाजका अध्यक्ष फडकजीत गुरुङले प्रमुख अतिथि, अतिथि, कलाकारलगायतलाई धन्यवाद दिदै ल्होछार/ल्होसारको शुभकामना दिए । महासचिव मान गुरुङको संयोजकत्वमा सम्पन्न कार्यक्रममा सचिव मदन गुरुङले ‘हेल्थ एण्ड सेफ्टी’ बारे जानकारी गराएका थिए । कार्यक्रममा पाहुनाहरुलाई खादा लगाई स्वागत गरिएको थियो ।
संयोजक एवं महासचिव मान गुरुङले स्वागत मन्तब्य दिदै औपचारिक कार्यक्रम र सल्लाहकार बलराम गुरुङ, अबिसा गुरुङ र अक्सोना गुरुङले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रम सफल बनाउन समाजका उपाध्यक्ष मिनकुमार गुरुङ, उपाध्यक्ष नैना गुरुङ, कोषाध्यक्ष दिनेश गुरुङ, सहकोषाध्यक्ष रेशम गुरुङ, सूर्यमान गुरुङ, घन (जोन) घोतोने गुरुङ, मनिराज गुरुङ, एफसी आमा समूह, देउमाया गुरुङ, जुमना गुरुङ, थानेश्वर गुरुङ, देउबहादुर गुरुङ, खड्क गुरुङ लगायत कार्यसमितिले विशेष भूमिका खेलेको थियो ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक