लन्डन -लन्डनबाट नेपालीहरूद्वारा संचालित अंग्रेजी अनलाइन ‘साउथ एशिया टाइम’ ले जनवरी १ का दिन आफ्नो पहिलो वार्षिक उत्सवको अवसर पारेर बेलायतमा रहेर विभिन्न क्षेत्रमा योगदान गर्ने नेपालीहरूको सूची प्रकाशित गरेको छ ।
कसैलाई मूल्याँकन अनि रेकिंङ गरेर तह विभाजन गर्ने, कसैलाई उछाल्ने या पछार्ने भन्दा सामाजिक संजाल, प्रकाशित देखिने विवरणहरूका आधारमा बेलायतको नेपाली समाजमा योगदान गरिरहेका व्यक्तित्वहरूको सूची तयार गरिएको र यसलाई साउथ एशिया टाइमको सम्मान लिस्टको रुपमा बुझीदिन सम्पादक जगन कार्कीले अनुरोध गरे । संकलित नामहरूबाट निर्धारित मूल्याँकन समितिले विविध मापदण्डको आधारमा समावेसी रूपमा सूचीलाई अन्तिम टुंगो लगाएको बताइएको छ ।
‘अपेक्षाकृत रूपमा नयाँ आप्रवासी समुदाय भएपनि बेलायतमा बसोबास गरिरहेका नेपालीहरुले विभिन्न क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेका छन् । उनीहरुको उपलब्धिको पहिचान र सम्मान गर्ने तथा ब्रिटिश समुदायलाई जानकारी पनि दिलाउने उद्देश्यले यो सूची तयार गरी प्रकाशित गरिएको हो’- साउथ एशिया टाइमका कार्यकारी सम्पादक डा. कृष्ण उपाध्यायले भने ।
सूचीमा सफल उद्यमी, समाजसेवी, युवा प्रेरणा, स्थानीय राजनीति, सार्वजनिक सेवा, सफल पेशाकर्मी तथा असाधारण योगदान गर्नेहरूको छुट्टाछुट्टै सूची प्रस्तुत गरिएको छ ।
त्यसैगरी जनवरी अन्तिम साता साउथ एशिया टाइमको आयोजनामा ‘प्रवासीहरूको उद्यमसिलता, आर्थिक निर्भरता र मानव अधिकार’ विषयक विचार गोष्ठी आयोजना गरिने भएको छ ।
आफ्नो वर्षगाँठको अवसर पारेर साउथ एशिया टाइम आनलाइनले नेपाल भ्रमण वर्षलाई लक्षित गरी ब्लग, कविता र निबन्ध प्रतियोगिता पनि गर्ने भएको छ । प्रतियोगितामा भाग लिन नेपालको पर्यटन सम्बन्धी लेख रचना सामग्री अंग्रेजिमा हुनुपर्ने छ । आगामी एप्रिल महिनासम्म आएका लेख, रचना प्रकाशित गर्दै जाने र सबैभन्दा बढि लाइक, शेयर र भ्यूज भएका ३ सामग्रीलाई पुरस्कृत गरिने बताइएको छ ।
सूचीको लिंक:
SOUTH ASIA TIME List of Successful British Nepalese in the UK 2020
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण