गैर आवासीय नेपाली नागरिकताका प्रावधानबारे सुझाव संकलन गरिंदै

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतले गैर आवासीय नेपाली नागरिकताका प्रावधानबारे सुझाव 
संकलन गर्ने भएको छ । नेपालको संविधानले गैर आवासीय नेपाली नागरिकता दिने व्यवस्था गरि कानूनलाई अन्तिम रुप दिने तयारी भइरहंदा एनआरएनए यूकेले सो कार्य गर्न लागेको हो । प्राप्त सुझाव सल्लाह एनआरएनए केन्द्रमार्फत सरकारको सम्बन्धित निकायमा पुरयाइने छ ।

एनआरएनए यूकेको तत्वावधान र एनआरएनए यूके इंग्ल्याण्ड राज्य समितिको आयोजनामा आगामी जनवरी ५ का दिन अल्डरसटस्थित एम्पायर हलमा नागरिकता विषयक एक अन्तरक्रिया हुंदैछ । एनआरएनए यूकेले राष्ट्रिय समन्वय परिषद मातहतका राज्य परिषदहरुलाई आ-आफ्नो क्षेत्रका आमजनसमुदायसंग एनआरएनएप्रतिको जन अपेक्षा सम्बन्धमा राय सुझाव संकलनका लागि निर्देशन दिइसकेको सन्दर्भमा उक्त कार्यक्रम हुन लागेको हो ।

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईले एक अपिल जारी गर्दै उक्त कार्यक्रममा सहभागिता जनाएर आफ्नो राय सल्लाह प्रस्तुत गर्न अनुरोध गरेका छन् । (तल हेर्नुहोस् अपिल)

एनआरएनए यूके इंग्ल्याण्ड राज्य समितिका अध्यक्ष दीपक श्रेष्ठले कार्यक्रम तयारी भइरहेको जनाउंदै सो अन्तरक्रियामा एनआरएनए केन्द्रिय महासचिव डा. हेमराज शर्मा, अधिवक्ताद्वय सुरेन्द्र श्रेष्ठ र गोबिन्द बेल्वासे, ब्यारिस्टर देवेन्द्र श्रेष्ठ एवं थर्कबहादुर राना प्रमुख वक्ताका रुपमा रहने जानकारी दिए । नेपाली नागरिकताको निरन्तरता, पैतृक सम्पत्तिको सुरक्षा तथा अधिकार र गैर आवासीय नेपाली संघको सदस्य बन्नुको औचित्य र महत्व सम्बन्धमा अन्तरक्रिया हुने श्रेष्ठले बताए ।

एनआरएनए यूकेको अपिल

प्रतिक्रिया

सम्बन्धित सामाग्री