लण्डन । पहिचान पुरस्कार कोषले वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौलालाई ‘पहिचान सम्मान’ प्रदान गर्ने भएको छ ।
संग्रौलाले लेखनमार्फत सीमान्तकृत समुदायको हक अधिकार स्थापित गराउन निरन्तर योगदान दिएकाले सो सम्मान दिन लागिएको कोषले जनाएको छ ।
कोषका संस्थापक नरेश काङमाङ राईका अनुसार संग्रौलालाई आगामी वैशाख वा चैत्रमा काठमाडौँमा एक कार्यक्रम गरी सो पुरस्कार वितरण गरिने छ । पुरस्कारका साथमा ताम्रपत्र र ४ लाख २ हजार २ रुपियाँ प्रदान गरिने छ ।
प्रत्येक वर्ष वितरण हुँदै आएको पहिचान पुरस्कार कोषले स्थापनाको पाँचौं वर्षगाँठका अवसरमा ‘पहिचान सम्मान’ प्रदान गर्न लागेको हो । कोषले हरेक वर्ष पुरस्कार र प्रत्येक पाँच वर्षमा पहिचान सम्मान दिने गर्दछ ।
कोषले यसअघि अगाडि चारवटा कृतिहरुलाई पुरस्कार प्रदान गरिसकेको छ । राजन मुकारुङको ‘फेरिंदो सौन्दर्य’, अर्जुन खालिङको ‘गोयाङको सुगन्ध’ र यज्ञशको ‘भुइयाँ’ र उन्मुक्त पुस्ताको ‘आफर’, सरस्वती प्रतीक्षाको ‘नथिया’ ले पहिचान पुरस्कार पाइसकेका छन् ।
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ