लन्डन । बेलायतबासी साहित्यकार रक्ष राईको कथासङ्ग्रह ‘पल्टनेको फोटो’ माथि काठमाडौँमा अन्तरविमर्श गरिएको छ ।
नेपाली वाङ्मय परिषद् र नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार तथा समालोचक प्रा.डा. गोविन्दराज भट्टराईले रक्ष राई नेपाली डायास्पोराका असङ्ख्यमध्ये एक श्रेष्ठ स्रष्टा भएको दाबी गरे । उनले भने-‘रक्ष एक तपस्वी हुन्, एक ऋषि हुन् जो चिन्तन, मनन् र सिर्जनामा दिनरात तल्लिन रहन्छन् । उनको यो कृतिभित्र त्यही गहन चिन्तन र मनन्द्वारा खारिएर आएका, लेखिएका कथाहरू समाविष्ट छन्, जसले ज्ञानको तिर्खा मेटाउँछन्, नेपाली साहित्यमा यस्ता कृति कमै मात्र लेखिएका छन् ।’
उनले अनुवाद भाषाको मात्रै नभएर पात्र, परिस्थिति र चेतनाको पनि हुने विचार व्यक्त गरे । पल्टनेको फोटो अङ्ग्रेजी भाषामा अनुवाद भएर विश्वमा जान लायक नेपाली साहित्यिक कृति भएको उनको दाबी थियो ।
प्रा.डा. ज्ञानू पाण्डेले कथाकार राईमा जीवन र जगतका विविध पक्षलाई फरक शैलीमा प्रस्तुत गर्ने क्षमता रहेको बताइन् । उनले भनिन्– ‘रक्षजीमा आमलेखकका भन्दा छुट्टै शैली छ कथावाचन गर्ने । जसले उनका कथा शक्तिशाली लाग्छन् ।’ पाण्डेले कथाकार आफैँ डायास्पोराभोक्ता भएका कारणले पनि कथामा खास डायास्पोरिक स्वाद पाइने दाबी गरिन् ।
कथाकार मातृका पोखरेलले राई नेपाली डायास्पोराकै विशिष्ट स्रष्टा भएको उल्लेख गर्दै साहित्यमा मूलधार, मोफसल वा प्रवास भन्ने जस्ता कुरा भ्रम रहेको बताए । उनले भने-‘पल्टनेको फोटोभित्रका कथाले यही कुराको पुष्टि गर्दछन् ।’
मुन्धुम अध्येता भोगीराज चाम्लिङले जीवन, जगत् र समाजको मनोविज्ञान बुझेर लेखिएको साहित्य प्रभावकारी र कालजयी हुने धारणा व्यक्त गरे । उनले राईको कथामा ती कुरा पाइने दाबी गरे ।
अनुवादक बलराम अधिकारीले अहिले विश्वमै डायास्पोरिक साहित्यप्रति आकर्षण बढेको बताउँदै पल्टनेको फोटोको अनुवाद अपरिहार्य रहेको धारणा व्यक्त गरे । उनले भने–’विश्वमा नेपाली साहित्यको स्तर देखाउन लायक छ यो कृति ।’
कवि तथा समालोचक सुरेश हाचेकालीले बदलिँदो सामाजिक सन्दर्भमा लैङ्गिक सम्बन्धलाई नयाँ कोणबाट हेर्दै कथाकार राईले डायास्पोरामा महिलाबाट पीडित पुरुषको भोगाइलाई पनि आफ्नो कथाविन्यासको अङ्ग बनाएको बताए । कार्यक्रममा हरि गौतम, टीका चाम्लिङ र कैलाश राईले कथाकार रक्ष राई अब्बल कथाकार रहेको बताए । राईको कथामा अर्कै खालको स्वाद पाइने उनीहरूको विचार थियो । साङ्ग्रिला बुक्सद्वारा प्रकाशित सङ्ग्रहभित्र सत्र वटा कथा छन् ।
खोटाङको बुइँपा पुरख्यौली थातथलो भएका सेवानिवृत्त पूर्व ब्रिटिस सैन्य राई बेलायतको वेल्समा बसेर साहित्य चिन्तन र सिर्जना कर्ममा समर्पित रहिआएका छन् । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतका संस्थापक अध्यक्ष रहेका राई ‘नवचेतनाग्रह’, ‘डायास्पोरा सिद्धान्त’ र ‘युद्धसौन्दर्य चिन्तन’ का प्रर्वतक समेत हुन् । उनका यसअघि ‘शहीदकी आमाको लास’, ‘बालुवामा अर्को नेपाल’ (कथासङ्ग्रह), ‘देश दुःखेको छ’, ‘सालिक उभिएर गोर्खाली’ र ‘पोएट इन किलिङ जोन’ (अङ्ग्रेजी कवितासङ्ग्रह), ‘डायास्पोरा सिद्धान्त र समालोचना’ तथा ‘नवचेतनाग्रह’ (सिद्धान्तपरक कृति) प्रकाशित छन् ।
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]