लण्डन । नेपाली वेलफेयर सोसाइटी युकेको प्रथम बैठक गत शनिबार २८ डिसेम्बर २०१९ का दिन लण्डनस्थित हन्स्लो स्पोर्टस् क्लवमा सम्पन्न भएको छ ।
गत २४ नोभेम्बर २०१९ मा गठन भएको कार्यसमितिको पहिलो सो बैठकले समाजका सक्रिय सदस्यहरु श्यामबहादुर सार्की, हरिशचन्द्र नेपाली, उदी नेपाली, लालबहादुर नेपाली, हेमलाल सार्की, दिलबहादुर सार्की, रामबहादुर नेपाली (१), रामबहादुर नेपाली (२), गोपालसिंह नेपाली र गंगाबहादुर सार्कीलाई समाजको सल्लाहकार चयन गरेको छ । त्यस्तै, दिल नेपाली र संजय नेपाली कार्यसमिति सदस्यमा चयन भएका छन् ।
बैठकले नेपालीहरुको महान पर्व दशैं तथा तिहार र नेपाली नयाँ बर्ष मनाउने, वेवसाइट निर्माण, विधान लेखन, कोष संकलन, सदस्यता वृद्धि, परोपकारी कार्य लगायत गर्ने निर्णय गरेको छ ।
त्यस्तै, बैठकले आगामी १२ अप्रिल २०२० आइतबार एक औपचारिक कार्यक्रम आयोजना गरी नेपाली नयाँ बर्ष २०७७ मनाउने र आगामी ४ अप्रिल २०२० का दिन कार्यसमितिको दोस्रो नियमित बैठक बस्ने निर्णय गरेको छ ।
नेपाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष धनबहादुर सार्कीको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष पूर्ण बहादुर नेपाली, महासचिव सर्मिला नेपाली, कोषाध्यक्ष थम सार्की, सचिव सम्शेर नेपाली, सह-कोषाध्यक्ष किरण नेपाली र सदस्यहरु धरमेन्द्र बौडेल, आशादेवी रोका, बुद्धि नेपालीको उपस्थिति थियो ।
त्यस्तै, वरिष्ठ सल्लाहकार गोपाल रोका, साधारण सदस्य गंगा रोका र अरमण बौडेलको समेत बिशेष उपस्थिति थियो ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने