लण्डन । नेपाली वेलफेयर सोसाइटी युकेको प्रथम बैठक गत शनिबार २८ डिसेम्बर २०१९ का दिन लण्डनस्थित हन्स्लो स्पोर्टस् क्लवमा सम्पन्न भएको छ ।
गत २४ नोभेम्बर २०१९ मा गठन भएको कार्यसमितिको पहिलो सो बैठकले समाजका सक्रिय सदस्यहरु श्यामबहादुर सार्की, हरिशचन्द्र नेपाली, उदी नेपाली, लालबहादुर नेपाली, हेमलाल सार्की, दिलबहादुर सार्की, रामबहादुर नेपाली (१), रामबहादुर नेपाली (२), गोपालसिंह नेपाली र गंगाबहादुर सार्कीलाई समाजको सल्लाहकार चयन गरेको छ । त्यस्तै, दिल नेपाली र संजय नेपाली कार्यसमिति सदस्यमा चयन भएका छन् ।
बैठकले नेपालीहरुको महान पर्व दशैं तथा तिहार र नेपाली नयाँ बर्ष मनाउने, वेवसाइट निर्माण, विधान लेखन, कोष संकलन, सदस्यता वृद्धि, परोपकारी कार्य लगायत गर्ने निर्णय गरेको छ ।
त्यस्तै, बैठकले आगामी १२ अप्रिल २०२० आइतबार एक औपचारिक कार्यक्रम आयोजना गरी नेपाली नयाँ बर्ष २०७७ मनाउने र आगामी ४ अप्रिल २०२० का दिन कार्यसमितिको दोस्रो नियमित बैठक बस्ने निर्णय गरेको छ ।
नेपाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष धनबहादुर सार्कीको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष पूर्ण बहादुर नेपाली, महासचिव सर्मिला नेपाली, कोषाध्यक्ष थम सार्की, सचिव सम्शेर नेपाली, सह-कोषाध्यक्ष किरण नेपाली र सदस्यहरु धरमेन्द्र बौडेल, आशादेवी रोका, बुद्धि नेपालीको उपस्थिति थियो ।
त्यस्तै, वरिष्ठ सल्लाहकार गोपाल रोका, साधारण सदस्य गंगा रोका र अरमण बौडेलको समेत बिशेष उपस्थिति थियो ।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर