लन्डन । एनआरएनए यूके महिला फोरमले ‘ अन्तर्राष्ट्रिय महिला दिवस’ सेमिनारसहित भव्य रुपमा मनाउने भएको छ । आगामी ८ मार्च २०२०, आइतबार लन्डनमा दिवस मनाउने तयारी गरिएको एनआरएनए यूके महिला संयोजक प्रसुना कंडेलले जनाइन् । कार्यक्रम लन्डनमै हुने भएपनि स्थान भने तय हुन बांकी छ ।
विभागकी संयोजक कंडेलका अनुसार, ‘इन्टरनेशनल सेमिनार अन वुमन एजुकेशन एण्ड इम्पावरमेन्ट’ शीर्षकमा हुने उक्त सेमिनारमा सहभागी हुन सबै संघ-संस्थालाई पत्राचार गरिने छ । ‘सम्भव भए त्यसदिन अन्य कुनै कार्यक्रम नराखी हामीलाई सहयोग गरिदिनु हुन सबैमा हार्दिक अनुरोध छ’- कंडेलले अपिल गरेकी छन् ।
सेमिनारमा महिला सशक्तिकरण, शिक्षा र उनीहरुलाई अवसर आदि मुद्दाबारे छलफल गरिने जनाइएको छ ।
यसैबीच, एनआरएनए यूके महिला संयोजक प्रसुना कंडेलले संघको विधानमा रहेर विभाग विस्तार गरेकी हुन् । ७ सदस्यीय महिला फोरममा लारा राई, दुर्गा गुरुङ, डा. सारा रावल, सुस्मिता थापा, कल्पना गुरुङ र प्रियंका आचार्य छन् । ११ सदस्यसम्मको समिति बनाउन सक्ने अधिकार भएपनि अहिले सात जनामात्र समितिमा राखिएको र आवश्यक भए भविष्यमा थप्न सकिने कंडेलले जनाइन् । त्यसैगरि समितिमा तीनजना सल्लाहकारहरु डा. पुनम यादव, डा. बिभा सिम्खडा र श्रीमति टुका स्यान्डवेललाई पनि राखिएको छ ।
‘हामी एक्सन ओरिएन्टेड भएर काम गर्ने हुंदा मैले नितान्तरुपमा आफ्नै विवेकले समिति विस्तार गरेकी हुं’- उनले प्रष्टयाइन् । समितिको कार्यकाल दुईवर्षको रहनेछ ।
नर्सिङ एसोसिएसन ‘लिड’ गरेर देखाइसकेकी प्रसुनाले एनआरएनए यूकेमा पनि प्रभावकारी काम गर्ने अपेक्षा धेरैको छ।
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने