लन्डन । नेप्लिज सेफ एशोसिएसन यूकेले गर्न लागेको शुभकामना कार्यक्रममा तीन राष्ट्रिय कलाकारको विशेष प्रस्तुति हुने भएको छ ।
कार्यक्रम संयोजक एवं उपाध्यक्ष मोहन ओलीले गायक गायिकाहरु भीम पौडेल, सिर्जु अधिकारी र खिमा रोकामगरबीच दोहोरी धमाका हुने जनाए ।
एसोसिएसनले अंग्रेजी नयां वर्षको अवसरमा आगामी ६ जनवरी, सोमबार लन्डन इष्टकोटस्थित भेन्यू फाइभ रेष्टुरेन्टमा कार्यक्रम गर्दैछ । शुभकामना आदानप्रदान र पारिवारिक पुनर्मिलन कार्यक्रमको मुख्य उद्देश्य रहेको एसोसिएसनले जनाएको छ ।
ओलीका अनुसार, कार्यक्रम अलिक फरक ढंगले मनाउने योजना छ । ‘परिवारका साथ भेज, ननभेज खाना र दोहोरी धमाकाले कार्यक्रम बेजोड हुने हाम्रो अपेक्षा छ’- ओलीले भने । गायिका तथा मोडल सिर्जु अधिकारीको गीतसंगै ‘बोल्ड डान्स’ कार्यक्रमको थप आकर्षण हुनेछ । सो अवसरमा डिजे हेम बिष्टको कला पनि प्रस्तुत हुनेछ ।
बेलायतमा कार्यरत नेपाली सेफहरुलाई एकवद्ध गर्दै उनीहरुको व्यवसायिक दक्षता अभिवृद्धि एवं आपतविपतमा सहयोग आदानप्रदान गर्ने उद्देश्यले समाजसेवी कृष्ण तिमल्सेनाको अध्यक्षतामा एशोसिएसन गठन भएको थियो ।
सन् २०१२ मा गठित एसोसिएसनमा हाल दधि आचार्य अध्यक्ष छन् । यसका करिब ७ सय सदस्य रहेको बताइन्छ ।
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे