नेपाली सेफहरुको भेलामा तीन राष्ट्रिय कलाकारको दोहोरी हुने

लन्डन । नेप्लिज सेफ एशोसिएसन यूकेले गर्न लागेको शुभकामना कार्यक्रममा तीन राष्ट्रिय कलाकारको विशेष प्रस्तुति हुने भएको छ ।

कार्यक्रम संयोजक एवं उपाध्यक्ष मोहन ओलीले गायक गायिकाहरु भीम पौडेल, सिर्जु अधिकारी र खिमा रोकामगरबीच दोहोरी धमाका हुने जनाए ।

एसोसिएसनले अंग्रेजी नयां वर्षको अवसरमा आगामी ६ जनवरी, सोमबार लन्डन इष्टकोटस्थित भेन्यू फाइभ रेष्टुरेन्टमा कार्यक्रम गर्दैछ । शुभकामना आदानप्रदान र पारिवारिक पुनर्मिलन कार्यक्रमको मुख्य उद्देश्य रहेको एसोसिएसनले जनाएको छ ।

ओलीका अनुसार, कार्यक्रम अलिक फरक ढंगले मनाउने योजना छ । ‘परिवारका साथ भेज, ननभेज खाना र दोहोरी धमाकाले कार्यक्रम बेजोड हुने हाम्रो अपेक्षा छ’- ओलीले भने । गायिका तथा मोडल सिर्जु अधिकारीको गीतसंगै ‘बोल्ड डान्स’ कार्यक्रमको थप आकर्षण हुनेछ । सो अवसरमा डिजे हेम बिष्टको कला पनि प्रस्तुत हुनेछ ।

बेलायतमा कार्यरत नेपाली सेफहरुलाई एकवद्ध 
गर्दै उनीहरुको व्यवसायिक दक्षता अभिवृद्धि एवं आपतविपतमा सहयोग आदानप्रदान गर्ने उद्देश्यले समाजसेवी कृष्ण तिमल्सेनाको अध्यक्षतामा एशोसिएसन गठन भएको थियो ।

सन् २०१२ मा गठित एसोसिएसनमा हाल दधि आचार्य अध्यक्ष छन् । यसका करिब ७ सय सदस्य 
रहेको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री