
लन्डन । नेपलिज वुमन एसोसिएसन यूकेकी अध्यक्ष आरती श्रेष्ठले विगत जस्तै यस वर्ष पनि ‘क्रिसमस’ तथा ‘नयां वर्ष २०२०’ को उपलक्ष्यमा एक कार्यक्रम आयोजना गरेकी छन् ।
बेलायतका लब्ध प्रतिष्ठित व्यक्तित्वहरु सहभागी कार्यक्रम लन्डन बोस्टन म्यानरस्थित ‘नेपाल’ रेस्टुरेन्टमा भएको हो । कार्यक्रममा समाजसेवी महिला श्रेष्ठले सहभागी सबैलाई ‘मायाको चिनो’ प्रदान गरेकी थिइन् । उनले कार्यक्रममा संकलित रकम १६५ पाउण्ड सोलिसिटर राजु थापालाई हस्तान्तरण गरिन् । सो रकम थापामार्फत अटिजम केयर नेपाललाई दिइनेछ ।
उक्त भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली राजदूतावासका उपनियोग प्रमुख शरदराज आरण, मिलिट्री अट्याची कर्णेल कुमारबाबु थापा, समाजसेवी चिकित्सक डा. राघव प्रसाद धिताल (ओबिइ), डा. जानकी धिताल, काउन्सिलर केसर मोहन, सोलिसिटर राजु थापा, क्याप्टेन आर एस श्रेष्ठ, व्यवसायी एवं समाजसेवी महन्त श्रेष्ठ, पत्रकारहरु खगेन्द्र नेपाली, नवीन पोखरेल, शिव भण्डारी, एभरेष्ट गौतम, गायक सपनकुमार राई, मन्जु राई, गायिका सितु खरेल, कोहिनुर मल्ल, डम्बर सुब्बा, बिन्दु सुब्बा, अरिक श्रेष्ठ लगायतको सहभागिता थियो ।
नेपलिज वुमन एसोसिएसन यूकेकी अध्यक्ष श्रेष्ठले शुभकामना र आपसी सम्बन्ध थप प्रगाढ बनाउन कार्यक्रम गरिएको जनाउंदै सहभागी सबैलाई धन्यवाद दिइन् । सो अवसरमा काउन्सिलर केसर मोहन, समाजसेवी चिकित्सक डा. धिताल, खगेन्द्र नेपाली, सोलिसिटर थापा, कर्णेल थापा, पत्रकार एभरेष्ट गौतम लगायतले शुभकामना मन्तव्य दिंदै नयां वर्षले नयां उमंग र उत्साह थप्ने आशा व्यक्त गरे । वक्ताहरुले समाजसेवी आरती श्रेष्ठको निस्वार्थ समाजसेवाको पनि प्रशंसा गरेका थिए ।
तस्बिर- शिव भण्डारी
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?