क्याप्टेन विजय लामा लण्डनमा

लन्डन । नेपालका वरिष्ठ विमान चालक, कलाकार तथा अभियन्ता क्याप्टेन विजय लामा शनिबार साँझ लन्डन आइपुगेका छन् । बेलायतको अल्डरसटस्थित एम्पाएर हलमा आज २२ डिसेम्बर आइतबार हुन गइरहेको गीती एम्बम ‘समर्पण’ को लोकार्पण तथा च्यारिटी कार्यक्रममा सहभागी हुन लामा लन्डन आएका हुन् ।
मकवानपुरस्थित श्री देवहित आधारभूत विद्यालयको सहयोगार्थ बेलायतस्थित समर्पण समूहले ‘क्याप्टेन विजय लामासंग एक साँझ’ नामक कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदीको उपस्थिति रहनेछ भने विशेष अतिथिको रुपमा क्याप्टेन विजय लामा रहनेछन् । कार्यक्रममा स्थानीय कलाकारहरुद्वारा सांगीतिक प्रस्तुति हुनेछ । साथै क्याप्टेन लामाले आफ्ना प्रेरणादायी अनुभव सुनाउने छन् ।
ज्यादा तडकभडक नगरी कम खर्च गरेर उठेको रकमलाई बढि भन्दा बढि शिक्षा क्षेत्रमा खर्च गर्ने आयोजकले बताएका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री