
लन्डन । चितवन एड ट्रस्ट (क्याट) यूकेले एक कार्यकालभित्र तीन वटा च्यारिटी गर्ने महत्वकांक्षी योजना अघि सारेको छ ।
गत आइतबार ह्यारोमा अध्यक्ष जीवन सेनको अध्यक्षतामा बसेको बैठकले मानवसेवा आश्रम, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र एक करोड अक्षय कोषलाई रकम थप गर्दै जाने गरि च्यारिटीको महत्वकांक्षी योजना अघि सारेको हो । त्यस बाहेक क्याट यूकेले अपांग मैत्री पुस्तकालय निर्माणको योजना अघि सारेको छ ।
नेपाल सरकारले अघि सारेको ‘भिजिट नेपाल २०२०’ लाई सहयोग गर्न ‘वाक फर नेपाल’ भनेर साउथ इस्ट लन्डनमा नेपाल भ्रमण गर्न प्रेरित गर्ने ‘प्ले कार्ड’ र सामग्रीसहित पद यात्रा गर्न लागेको अध्यक्ष सेनले बताए ।
महासचिव टिएन रिजालले संचालन गरेको कार्यक्रममा मनोनित सल्लाहकारहरुलाई क्याट नेपालका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरुले सम्मानसहित प्रमाण पत्र वितरण गरेका थिए ।
क्याट यूके उपाध्यक्ष पार्वती पाण्डेले कार्यक्रममा उपस्थितलाई स्वागत गरेकी थिइन् । क्याटका आजिवन सदस्य रहेका एनआरएनए यूके उपाध्यक्ष सुनिलबावु खड्का र इंग्याण्ड राज्यपरिषद कोषाध्यक्ष ध्रुवहरी बास्कोटालाई क्याट अध्यक्ष सेनले सम्मान गरेका थिए ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ