
लन्डन । चितवन एड ट्रस्ट (क्याट) यूकेले एक कार्यकालभित्र तीन वटा च्यारिटी गर्ने महत्वकांक्षी योजना अघि सारेको छ ।
गत आइतबार ह्यारोमा अध्यक्ष जीवन सेनको अध्यक्षतामा बसेको बैठकले मानवसेवा आश्रम, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र एक करोड अक्षय कोषलाई रकम थप गर्दै जाने गरि च्यारिटीको महत्वकांक्षी योजना अघि सारेको हो । त्यस बाहेक क्याट यूकेले अपांग मैत्री पुस्तकालय निर्माणको योजना अघि सारेको छ ।
नेपाल सरकारले अघि सारेको ‘भिजिट नेपाल २०२०’ लाई सहयोग गर्न ‘वाक फर नेपाल’ भनेर साउथ इस्ट लन्डनमा नेपाल भ्रमण गर्न प्रेरित गर्ने ‘प्ले कार्ड’ र सामग्रीसहित पद यात्रा गर्न लागेको अध्यक्ष सेनले बताए ।
महासचिव टिएन रिजालले संचालन गरेको कार्यक्रममा मनोनित सल्लाहकारहरुलाई क्याट नेपालका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरुले सम्मानसहित प्रमाण पत्र वितरण गरेका थिए ।
क्याट यूके उपाध्यक्ष पार्वती पाण्डेले कार्यक्रममा उपस्थितलाई स्वागत गरेकी थिइन् । क्याटका आजिवन सदस्य रहेका एनआरएनए यूके उपाध्यक्ष सुनिलबावु खड्का र इंग्याण्ड राज्यपरिषद कोषाध्यक्ष ध्रुवहरी बास्कोटालाई क्याट अध्यक्ष सेनले सम्मान गरेका थिए ।
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह