लन्डन- बर्न्टओक नेपाली समुदायका अगुवाहरुले लन्डनको हेन्डन निर्वाचन क्षेत्रबाट चौथो पटक निर्वाचित सांसद डा. म्याथ्यु अफोर्डलाई बधाइ दिएका छन् । आइतबार आयोजित एक कार्यक्रममा बोल्दै बर्न्टओक नेपाली समाजका उपाध्यक्ष बिष्णु गुरुङले सांसद अफोर्डलाई ढाका टोपी लगाइ दिएका थिए ।
सांसद अफोर्डलाई बधाई दिंदै बार्नेट बरोका उपमेयर लक्ष गुरुङले विगतमा आफूले गरेका वाचा पुरा गर्दै आएकोमा सांसद अफोर्डको प्रशंसा गरे । उनले भूतपूर्व गोर्खा सैनिकहरु लगायत नेपाली समुदायको हितमा आवाज उठाएकोमा सांसद अफोर्डलाई धन्यवाद पनि दिए ।
सो अवसरमा सांसद अफोर्डले आफ्ना समर्थक तथा मतदाताहरुलाई धन्यवाद दिएका थिए । उनले आफू यसअघि भन्दा पनि अरु बढी सक्रिय हुने तथा हेन्डनका हरेक नागरिकसम्म पुग्न प्रयास गर्ने बताए । उनले आफ्नो निर्वाचन क्षेत्रमा स्कुल, अस्पतालहरूमा लगानी बढाउन तथा साना व्यवसायलाई सघाउन प्रयास गरि नै रहने पनि बताए ।
यस अघि गत शनिवार बसेको बर्न्टओक नेपाली समाजको वार्षिक साधारण सभाले कोषाध्यक्ष नवीन गुरुङ तथा महासचिव भोला पनेरुले प्रस्तुत गरेको प्रतिवेदन पारित गर्यो ।
कार्यक्रममा आमा समूहकी पार्वती गुरुङले समूहको प्रतिवेदन प्रस्तुत गरिन् । नेपाली भाषा तथा सांस्कृतिक केन्द्रका अध्यक्ष सुमन प्रधानले केन्द्रले गएको तीन वर्षदेखि नेपाली बालबालिकाहरुका लागि नेपाली कक्षा सञ्चालन गरिरहेको जनाए । उनले कक्षा निशुल्क रुपमा सञ्चालन भैरहेको जनाउंदै आफ्ना नानीहरुलाई नेपाली कक्षामा पठाउन सबै अभिभावकलाई अनुरोध पनि गरे ।
बार्नेट बरोका उपमेयर लक्ष गुरुङले नेपाली समुदायलाई बार्नेटमा रहेका अरु संघसंस्थासंग सहकार्य गरेर काम गर्न सुझाव दिएका थिए । सभा समाजका उपाध्यक्ष बिष्णु गुरुङको अध्यक्षतामा बसेको थियो ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान