लण्डन । तमु समाज युकेले विगत वर्षहरुमा जस्तै यस वर्ष पनि ल्होछार/ल्होसार मनाउने भएको छ ।
तमु (गुरुङ) भेषभुषा, कला संस्कृतिको संरक्षण-सम्बर्द्धन गर्दै आफ्नो पहिचान जीवन्त राख्न समाजले आउँदो जनवरी ४ तारिख शनिबार २०२० ह्यरो लिजर सेन्टरमा कार्यक्रम गर्ने भएको हो ।
च्यु (मुसा बर्ग) ल्होछार भब्य तवरबाट सम्पन्न गर्न तमु समाज युकेको ल्होछार/ल्होसार तयारी बैठक गत १४ डिसेम्बरका दिन सम्पन्न भयो ।
बैठकले संस्थाका संयोजक कमल गुरुङले सबै कार्यक्रम संयोजन गर्ने, कल्चरल सेक्रेटरी सरु गुरुङ र आमा समूहकी अध्यक्ष बिन्दु घलेले कल्चरल डान्सको तयारी गर्ने निर्णय गरेको छ ।
यस वर्ष तमु समाज युकेले संस्थालाई आर्थिकभार न्यून गर्न आमा समूहकी निवर्तमान अध्यक्ष श्रीमति माया गुरुङलाई आर्थिक प्रायोजन खोज्ने जिम्मेवारी दिएको छ । हरेक वर्ष तमु समाज युकेले अतिथी लगायत सम्पूर्ण सदस्यहरुलाई उत्कृष्ट बफेटका साथ न्यानो आतिथ्य दिने गर्छ ।
त्यस्तै, हरिमान गुरुङले खाना, पूर्व अध्यक्ष शिवशरण गुरुङले स्टेज डेकोरेशन, निवर्तमान अध्यक्ष अर्जुनकुमार गुरुङले सर्टिफिकेट र प्रोग्राम लगायत प्रिन्टको तयारी गर्ने, उपाध्यक्ष शिव कुमारले भिआइपी सिटिङ प्लान र आमा समूह अध्यक्ष बिन्दु घलेले अतिथिहरुलाई स्वागत तथा हेरविचार गर्ने भएका छन् ।
बैठकले कोषाध्यक्ष यम गुरुङ र सह-कोषाध्यक्षलाई अर्थ व्यवस्थापन, ओमकार गुरुङ तथा टेक गुरुङलाई फोटोग्राफी र बिसन गुरुङलाई भिडियोको जिम्मा दिने निर्णय गरेको छ ।
बैठकले सचिव बुद्धि गुरुङलाई सेक्युरिटी टिम व्यवस्थापन, उपाध्यक्ष कन्याप्रसाद गुरुङलाई अतिथिहरुलाई खाना र पेय पदार्थ व्यवस्था गर्ने, अध्यक्ष र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले सबै ठाउँमा हेर्ने जिम्मेवारी बाँडफाँड गरेको छ ।
संस्थाका कोषाध्यक्ष यम गुरुङले आर्थिक विवरण प्रस्तुत गरेपछि सुरु भएको तयारी बैठकको अध्यक्षता अध्यक्ष शिवचन्द्र गुरुङले र सञ्चालन महासचिब हर्क गुरुङले गरेका थिए । उक्त बैठक गत बैठकमा अधुरो रहेका कामको ‘रिभ्यू’ बाट सुरु गरिएको थियो ।
बैठकमा संस्थापक अध्यक्ष, निवर्तमान उपाध्यक्ष ले. मिम र बिजु गुरुङको पनि उपस्थिति थियो । अन्तमा च्यु ल्होसार भब्य रूपमा सफल बनाउन आफ्नो तन, मन, धन, भौतिक, आर्थिक अनि नैतिक रुपले सहयोग गर्ने सबै सहयोगी मनहरुलाई हार्दिक नमन सहित धन्यवाद व्यक्त गरिएको थियो ।
ठगीबाट सचेत रहन नेपाली दूतावास लन्डनको आग्रह
बेलायतको बोर्नमथमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची