लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) बैठकले यूकेबाट ९ जना पुरुषलाई मात्र मनोनयन गरेको छ । एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले खल्तीबाट अपारदर्शी ढंगले गरेको सिफारिसमा महिला परेको दाबी गरिए पनि ९ जना पुरुषले मात्र मनोनयनको ‘टिका’ थापेका छन् । पहिलो पटक महिला अध्यक्ष भएर इतिहास रचेको दाबी गरेकी पुनम गुरुङकै कार्यकालमा आइसीसीमा एक जना पनि महिला नपर्नु बिडम्बना छ ।
गुरुङलाई निर्वाचनमा सहयोग गर्ने चुनावी कमाण्डर चन्द्र गुरुङ, एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङ, एनआरएनए यूके पूर्व महासचिवहरु भक्त गुरुङ, रामशरण सिंखडा र कर्ण शाही, रणबहादुर केसी, बिजन भट्ट, बिनोद ज्ञवाली, चिरन शर्मा, (देवराज आचार्य) मनोनयनमा पर्न सफल भए तर पुनमले एक जना महिलाका लागि पनि अडान लिन चाहिनन् ।
यूकेबाट रामशरण सिम्खडा र भक्त गुरुङ गरि दुई जना आइसीसी सदस्य मनोनित भएका छन् । एनआरएनए आइसीसी सदस्य दोरयाउने सिम्खडा एक्ला हुन् । विद्यावारिधि तयारीमा रहेका गुरुङ पहिलो पटक आइसीसी सदस्य भएका छन् । एनआरएनए प्रवक्ता ताकेका सिम्खडाले आइसीसी सदस्यमा सिमित रहनुपरेपछि बिक्षिप्त भएर सामाजिक सञ्जाल फेसबुकमा ‘खाए खा नखाए घीच’ भन्दै स्टाटसमार्फत असन्तुष्टि पोखे जस्तो गरेका छन् । उनलाई सदस्य बाहेक ‘पोलिसी तथा प्रोसिडयूर’ समितिको संयोजक पनि बनाइएको छ ।
सामाजिक सेवामा पदीय जिम्मेवारी नलिई राजीनामा दिने नैतिकता भने उनले देखाएनन् । बरु उनले सामाजिक सञ्जालमा प्रस्तुत विचार विपरित आफ्ना निकटलाई आफैंले लेखिदिएको बधाईसहितको स्टाटस राख्न लगाएर बधाइ लिइरहेका छन् । डिबी क्षेत्रीलाई आइसीसी प्रवक्ता नियुक्त गरिएपछि बिरक्तिएर कविता नै कोरेका सिम्खडाले केही समयपछि क्षमा माग्दै कविता हटाएका थिए ।
गत अक्टोबरको आइसीसी निर्वाचनमा कुमार पन्तलाई अध्यक्ष बनाउन सहयोग गरेका सिम्खडाले सोमबार बिहान आफ्ना गोजीका केही पत्रकारलाई बुद्धिजिवी मानिने भक्त गुरुङसंग फोटो जोडेर समाचार छाप्न लगाए । गुरुङले आइसीसी सदस्य नियुक्तिलाई सकारात्मक लिएको प्रतिक्रिया दिएका छन् ।
नाम मानार्थ काम शुन्य
बेलायतबाट आइसीसीको सम्भवतः सबैभन्दा भूमिकाबिहीन मानार्थ परिषद सदस्य मनोनयनमा पर्नेमा ६ जना छन् । तिनमा कर्ण शाही,
रणबहादुर केसी, बिजन भट्ट, बिनोद ज्ञवाली, चन्द्र गुरुङ, (संयोजक गोर्खा) र चिरन शर्मा (देवराज आचार्य) छन् । चिरन शर्मा केन्द्रीय महासचिव डा. हेमराज शर्माका सहोदर भाई हुन् । शर्माको मुख्य काम एनआरएनए केन्द्रबाट सूचना चुहाएर विपक्षी अभियन्ताहरुको चरित्र हत्या गर्ने अनि गाली गलौज गरिएका एकपक्षीय समाचार युरोपतिरका अनलाइनमा पठाउने बाहेक छैन् ।
एनआरएनए यूकेका पूर्व अध्यक्ष सूर्य गुरुङ अनुशासन समितिमा पुगेका छन् । हालसम्म एनआरएनए अनुशासन समितिमार्फत गल्ती गर्नेलाई कारवाही गरिएको उदाहरण छैन् । हेरौं गुरुङले आफ्नो पदीय दायित्व कसरी निर्वाह गर्छन् ।
यसैबीच, एनआरएनए यूकेले एक विज्ञप्तिमार्फत मनोनित सबैलाई बधाई तथा शुभकामना दिएको छ ।
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन