लन्डन । बेलायतका विभिन्न शहरमा चलचित्र ‘शुभलभ’ प्रदर्शन हुने भएको छ । हाल बेलायत रहेका निर्देशक सन्तोष लोहनीका अनुसार चलचित्र ‘शुभलभ’ ५ जनवरीमा गोल्डेनसीप रेस्टुरेन्ट साउथ हयारो, १२ तारिख प्लमस्टेड वर्किङ मेन्स क्लब र १८ जनवरी रेडिङको द वेयरहाउसमा प्रदर्शन गरिने भएको हो ।
‘शुभ लभ’ लोहनीको निर्देशन रहेको दोस्रो चलचित्र हो । यसअघि उनले ‘नारी’ निर्देशन गरेका थिए । महिला कथामा आधारित ‘नारी’ बनाएका लोहनीले ‘शुभ लभ’ भने प्रेमकथामा आधारित रहेर बनाएका छन् ।
‘शुभलभ’ नेपालमा प्रदर्शन भएसंगै अब बेलायतका विभिन्न शहरमा पनि हुने तय भएको हो । बेलायतपछि ‘शुभलभ’ युरोपका विभिन्न देशमा पनि प्रदर्शन गरिने छ ।
बुद्ध इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको उक्त चलचित्रका निर्माता धर्मराज सुवेदी हुन् । चलचित्रमा हरिहर अधिकारी र नवनायिका कृस्टिन पौडेलको मुख्य भूमिका छ । अग्रज कलाकार सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र, रविन्द्र झा, प्रदिप बास्तोला, अनुज पाण्डे, सूर्या थापा पनि मुख्य भूमिकामा छन् ।
प्रेम कथामा आधारित भएपनि चलचित्रमा ‘कमेडी’ खुराक पर्याप्त भएकाले दर्शकले भरपुर आनन्द लिन सक्ने निर्देशक लोहनीको विश्वास छ । हिमाल, तातोपानी कुण्ड, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, देवघाट, पोखरालगायत देशका विभिन्न मनोरम स्थलमा फिल्म सुटिङ भएकाले यसले पर्यटक पनि तान्ने निर्देशक लोहनीको भनाइ छ ।
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त