लन्डन । नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले नेपाल भारत सीमा विवाद चांडै समाधानका लागि प्रधानमन्त्री केपी ओलीले कुटनीतिक पहल गरिरहेको बताएका छन् ।
एक साता अघि निजी भ्रमणका लागि बेलायत उत्रिएका नेता रिजालको विदाइमा प्रवासी नेपाली मञ्च यूके र नेपाली जनप्रगतिशील मञ्च यूकेले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उनले सीमा विवादका बारेमा जानकारी दिएका हुन् । ‘तथ्य र प्रमाणका आधारमा कालापानीमा भारतले सीमा मिचेको देखाउंछ’- नेकपा विदेश विभाग उपप्रमुख समेत रहेका रिजालले भने ।
पूर्व एमाले र पूर्व एमाओवादी नेताहरुबीच रिजालले नेपालमा विकास निर्माणका कामहरु तीव्र रुपमा भइरहेकाले प्रवासको अनुभव महत्वपूर्ण रहेको बताए ।
प्रवासी नेपाली मञ्च यूके अध्यक्ष राजेन्द्र पुडासैनीले आफूहरुले सिकेका सीप र अनुभवलाई मातृभूमिमा लैजान हजारौं नेपाली तयार रहेको बताए । नेपाली जनप्रगतीशिल मञ्च यूके अध्यक्ष सुरेश गौतमले रिजाललाई बेलायतबाट विदाइ गर्दै जनअपेक्षा अनुसार काम गर्न सुझाव दिए ।
सो कार्यक्रममा समाजसेवी मोहन गुरुङ, नेकपाका स्थानीय नेताहरु डा. मुकुन्द बास्तोला, ठाकुर शर्मा, केदार थपलिया, ह्यारी गुरुङ, जीवन सेन, अर्कराज तिमल्सेना, तिलक भट्टराई, हरीगोविन्द गुरुङलगायत उपस्थित थिए । कार्यक्रमा सीमा विवाद, नेकपा सरकारले गरिरहेका अल्पकालिन र दीर्घकालिन कामहरु तथा बैदेशिक लगानीलगायतका बारेमा समेत अन्तरक्रिया भएको थियो ।
उता, रिजाल परिवारको सम्मानमा राजदूत डा. दुर्गाबहादुर सुवेदीले समेत एक कार्यक्रम गरेका थिए ।
नेता रिजाल बुधबार स्वदेश फर्किएका छन् ।
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?