लन्डन । लन्डन निवासी पौडीबाज गौरिका सिंह दक्षिण एसियाली खेलकुद (साग) को ३५ वर्षे इतिहासमा एउटै संस्करणमा चार स्वर्णपदक जित्ने पहिलो नेपाली बनेकी छन् । पौडी प्रतिष्पर्धाको पांचौ दिन सोमबार १ सय मिटर
फ्रिस्टाइलमा भारतकी शिवांगी शर्मालाई उछिन्दै १७ वर्षीया गौरिकाले यो सफलता हात पारेकी हुन् । उनले निर्धारित दूरी ५८ दशमलव १३ सेकेन्डमा पार गरिन् ।
भारतकी शिवांगी शर्माले निर्धारित दूरी ५८ दशमलव १५ सेकेन्डमा पार गरेर रजत जितिन् ।
गौरिकाले पौडीको अन्तिम दिन सोमबार दीपक विष्टको कीर्तिमान बराबरी गर्न सफल भएकी हुन् । तेक्वान्दोका विष्टले नेपालका लागि चार स्वर्ण चार संस्करणमा जितेका छन् ।
१३ औं सागमा गौरिकाले ४ स्वर्ण सहित २-२ वटा रजत र कांस्य समेत जितेकी छन् । इकान्तिपुर
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा