
लन्डन । नेपालमा सर्वाधिक लोकप्रिय फिल्म ‘६ माया छपक्कै’ अब बेलायतका दर्शकमाझ आउने भएको छ । नेपलिज इन्टरटेनमेन्ट यूकेले जनवरी ५ तारिख आइतबार अल्डरसटमा फिल्म प्रदर्शन गर्न लागेको हो ।
नेपलिज इन्टरटेनमेन्ट यूकेका तारा गर्बुजाले एम्पायर हल अल्डरसटमा अपरान्ह ३.३० बजे फिल्म प्रदर्शन हुने जानकारी दिंदै नेपालमा लोकप्रिय फिल्म हेरेर मनोरन्जन लिन सबैलाई निम्तो दिएका छन् ।
‘छ माया छपक्कै’ दीपेन्द्र लामाले निर्देशन गरेका हुन् जसमा कलाकारहरु दीपकराज गिरी, केकी अधिकारी, प्रकाश घिमिरे, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट, रमा थपलिया, अनुराग कुंवर, सविन बांस्तोला, शिशिर वाङ्देल लगायतको भूमिका छ ।
फिल्मले राजनीतिलाई पूर्णतः नकारात्मक दृष्टिकोणबाट व्याख्या गरेको छ । फिल्मले गाउंमा चलिरहेको दलीय राजनीति प्रस्तुत गर्दै गाउं विकासमा दलको भर पर्न नहुने सन्देश दिएको फिल्म प्रदर्शक मध्ये एक बीरेन खड्काले जनाए ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक