
लन्डन । नेपालमा सर्वाधिक लोकप्रिय फिल्म ‘६ माया छपक्कै’ अब बेलायतका दर्शकमाझ आउने भएको छ । नेपलिज इन्टरटेनमेन्ट यूकेले जनवरी ५ तारिख आइतबार अल्डरसटमा फिल्म प्रदर्शन गर्न लागेको हो ।
नेपलिज इन्टरटेनमेन्ट यूकेका तारा गर्बुजाले एम्पायर हल अल्डरसटमा अपरान्ह ३.३० बजे फिल्म प्रदर्शन हुने जानकारी दिंदै नेपालमा लोकप्रिय फिल्म हेरेर मनोरन्जन लिन सबैलाई निम्तो दिएका छन् ।
‘छ माया छपक्कै’ दीपेन्द्र लामाले निर्देशन गरेका हुन् जसमा कलाकारहरु दीपकराज गिरी, केकी अधिकारी, प्रकाश घिमिरे, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट, रमा थपलिया, अनुराग कुंवर, सविन बांस्तोला, शिशिर वाङ्देल लगायतको भूमिका छ ।
फिल्मले राजनीतिलाई पूर्णतः नकारात्मक दृष्टिकोणबाट व्याख्या गरेको छ । फिल्मले गाउंमा चलिरहेको दलीय राजनीति प्रस्तुत गर्दै गाउं विकासमा दलको भर पर्न नहुने सन्देश दिएको फिल्म प्रदर्शक मध्ये एक बीरेन खड्काले जनाए ।
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा