लन्डन–स्नेहा शाक्य श्रेष्ठ बेलायतमा दोस्रो पुस्ताकी पहिलो ब्यारेष्टर बन्न भर्खरै बेलायतको इनर टेम्पल बारको सदस्य भएकी छिन् ।
उनी यसै बर्ष ‘सिटी ल कलेज’ बाट बार प्रोफेसनल ट्रेनिङ कोर्स (बिपीटिसी) मा उच्च अंक (८०. ४ %) प्राप्त गरि ब्यारेष्टर बन्न अन्तिम तयारी पुपीलेज गर्न योग्य भएकी छिन् । अब केहि समय अन्य कानुनी फर्ममा कामको अनुभब प्राप्त गरि सकेपछि उनी आफैं प्राक्टिसिङ ब्यारेष्टर बन्नेछिन् । यस अगाडि प्रोफेसर डा. सूर्य सुवेदी (क्युसी) तथा देबेन्द्र श्रेष्ठ बेलायतमा ब्यारेष्टरको रुपमा कार्यरत छन् ।
स्नेहा चौतारा सिन्धुपाल्चोक स्थायी घर भएका पिता अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ र बाग्लुङ मूलथलो भएकी आमा मिनु शाक्यसँगै करिव दुई दशक पहिले बेलायत आएकी थिइन् । उनले कक्षा २ सम्मको शिक्षा नेपालमै हासिल गरेर बाँकी अध्ययन बेलायतमा गरेकी थिइन् ।
स्नेहाले बिद्यालय शिक्षा वोर्डिङ र स्लाओ ग्रामर तथा उच्च शिक्षा युनिभर्सिटी अफ एसेक्सबाट एलएलबी, किंग्स कलेजबाट एलएलएम उतिर्ण गरेकी थिइन् ।
उनले लण्डनस्थित प्रशिद्ध किंग्स कलेजको एलएलएमको शोधका निम्ति नेपालमा निकै चर्चा पाएको कर्णेल कुमार लामाको बिषयमा अनुसन्धान गर्न लामो समय नेपालका बिभिन्न स्थानमा गएर सरोकारवाला र बिज्ञहरुसँग कुराकानी गरेकी थिइन् ।
बेलायतमा कानुनी पेशालाई सम्मानित पेशाका रुपमा लिइन्छ । सो कक्षा तयारीका लागि चाहिने लगन र मेहनेतका कारण पनि कानुनी पेशाको कदर अन्य मुलुकहरुका तुलनामा बेलायतमा धेरै गर्व गर्ने बिषयका रुपमा लिइन्छ । संसारको न्याय इतिहासको उद्गमस्थल भएको स्थान म्याग्नाकार्टाको सेरोफेरोमा रहेर बिद्यार्थी जीवन बिताउन पाउन र माता पिताको प्रेरणाका कारण पनि स्नेहालाई कानूनीक्षेत्रमा आउने अवसर प्रदान गरेको थियो ।
सानै उमेर देखि नै संगीतमा रुची भएकी स्नेहाले डरिग्टन हाइस्कुल एक्स फ्याक्टरमा पहिलो स्थान, सन् २००८ मा लण्डनमा आयोजना भएको ‘भ्वाइस अफ द इयर नेपाल’ मा पहिलो, युकेको एक्स फ्याक्टर लगायत दर्जनौ नेपाली, अंग्रेजी तथा भारतीय सांस्कृतिक कार्यक्रमहरुमा आफ्नो प्रतिभा देखाउदै आएकी छिन् । उनले संगीतकार अनिल शाही र न्हू बज्राचार्यसंग चारवटा गीत रेकर्ड गराएकी छिन् ।
भविष्यमा पनि पेशाका साथसाथै रुचिको रुपमा गायनलाई अगाडी बढाउने उनले बताइन् ।
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे