लन्डन । भारतले नेपालको लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत भूभाग आफ्नो नक्सामा एकतर्फी राखेको विरोधमा लन्डनमा गरिने प्रदर्शन तयारी पुरा भएको छ ।
गैर आवासीय नेपाली संघ बेलायतले २ डिसेम्बर, सोमबार १२.३० देखि १.०० बजेसम्म लण्डनस्थित भारतीय हाइ कमिसन अगाडि प्रदर्शन तयारी गरेको हो । तर, उक्त कार्यक्रम कुनै मार्च पास नभइ ‘स्टेटिक’ अर्थात निश्चित स्थानमा आयोजना गरिने विरोध कार्यक्रम भएको संघले जनाएको छ । ‘हामी तोकिएको समय र स्थानमा उपस्थित भएर शान्तिपूर्ण विरोध प्रदर्शन गर्दै विरोधपत्र बुझाउने छौं’- एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराईले भने, ‘स्थानीय प्रहरी प्रशासनबाट सोका लागि अनुमति लिइ सकिएको छ । तर, कार्यक्रम अनुशासित र मर्यादित ढंगले संचालन हुनेछ । नारावाजी, होहल्ला र उत्तेजनालाई निषेध गरिएको छ । अहिले लन्डनको सुरक्षा व्यवस्थामा कडाई गरिएकाले पनि पुलिस प्रशासनले तोकेको सीमा नाघेर गरिएको क्रियाकलापपछि हुने नतिजामा संस्था जिम्मेवार हुने छैन् ।’
अध्यक्ष पुनम गुरुङले विरोध कार्यक्रमका लागि बेलायतवासी नेपालीलाई मध्यान्ह १२ बजे उपस्थित भइदिन अपिल गरेकी छन् । ‘यो राष्ट्रिय मुद्दा भएकाले व्यक्तिगत, जातीय, राजनीतिक वा अन्य दृष्टिकोणबाट नहेरिदिन हाम्रो आग्रह छ’- उनले भनिन् ।
उक्त कार्यक्रमका लागि बेलायतका विभिन्न शहरमा बसेका नेपाली लन्डन आउने बताइएको छ । मिडल्याण्डबाटमात्र झण्डै एकसय २५ जना आउने त्यहांका नेपालीले जनाएका छन् ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय