लन्डन । डिसेम्बर दोश्रो साता हुने ‘मिस वर्ल्ड प्रतियोगिता २०१९’ मा प्रतिष्पर्धा गर्न हाल लन्डन रहेकी मिस नेपाल अनुष्का श्रेष्ठले लन्डनस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीसंग भेटघाट गरेकी छन् ।
भेटमा बेलायतमा नेपालीहरुको उपस्थिति, नेपाल ब्रिटेन सम्बन्धको इतिहास र मिस नेपालले ‘नेपाल भ्रमण वर्ष २०२०’ का लागि खेल्न सक्ने भूमिका एवं नेपालको राष्ट्रिय प्रतिनिधिहरूका रूपमा आफ्नो क्षमता सक्दो कसरी प्रदर्शन गर्ने भन्ने विषयमा लामो छलफल भएको अनुष्काले जनाएकी छन् ।
‘मैले मेरो बुद्धि विवेक र क्षमताले सक्ने गरि मिस वर्ल्डमा आफूलाई बलियो उपस्थिति जनाउने महामहिमसंग कुरा राखें । मलाई सहयोग र हौसल्ला प्रदान गर्नुभएकोमा नेपाली राजदूतावास परिवार र महामहिम राजदूतज्यूप्रति आभार प्रकट गर्न चाहन्छु’-उनले आफ्नो फेसबुक पेजमा लेखेकी छन् ।
राजदूत सुवेदीले शनिबार दूतावास भवनमा आयोजना गरेको कार्यक्रममा आफू सम्मानित भएको पनि उनले उल्लेख गरेकी छन् ।
मिस वर्ल्ड प्रतियोगिता यही डिसेम्बर १४ तारिख लन्डन एक्सेलमा हुंदैछ । अनुष्का विगत १० दिनदेखि प्रशिक्षण र विभिन्न विद्याका प्रतियोगितामा सहभागी हुंदै अन्य प्रतियोगीहरुबीच नेपाल चिनाउने प्रयत्न गरिरहेकी छन् ।
तस्विर- शंकर श्रेष्ठ/प्रोडक्सन थ्री
 जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ? ‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती