लन्डन । ग्लोबल आइएमइ बैंक लिमिटेडका निर्देशकद्वय सुदर्शन कृष्ण श्रेष्ठ र नुमनाथ पौडेलले ‘मिस नेपाल २०१९’ अनुष्का श्रेष्ठलाई भेटेर शुभकामना दिएका छन् । मंगलबार अनुष्का बसिरहेको सेन्ट्रल लन्डनको टावरब्रीजस्थित टावर होटल पुगेर दुई बैंकरले शुभकामना दिएका हुन् ।
हाम्रा सहकर्मी शंकर श्रेष्ठका अनुसार श्रेष्ठ र पौडेलले मिस नेपाल अनुष्कालाई प्रतियोगितामा जिताउन कुनै कसर बांकी नराख्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले अनुष्कालाई हिमाल अंकित मायाको चिनो समेत प्रदान गरे । अनुष्काले ‘टोकन अफ लभ’ र शुभकामना प्राप्त गरेपछि प्रसन्न हुंदै धन्यवाद दिइन् । उनले मल्टीमिडिया क्याटेगोरिजमा उपाधि जित्न अनलाइन मत अत्यावश्यक भएको जनाउंदै मतका लागि सहयोग गरिदिन बैंक निर्देशकहरुसमक्ष अनुरोध गरेकी थिइन् । अनलाइन मत सोचेजस्तो नभएकोमा अनुष्का चिन्तित देखिएकी थिइन् ।
सो अवसरमा ग्लोबल आइएमइ बैंकका बेलायत प्रतिनिधि अमित चालिसे पनि सहभागी थिए ।
अनुष्का डिसेम्बर १४ तारिख लण्डनमा हुने ‘६९ औं मिस वर्ल्ड प्रतियोगिता’ मा भाग लिन गत साता लण्डन आएकी छन् । उनी अहिले बन्द प्रशिक्षणमा व्यस्त छन् । यसअघि एनआरएनए यूके अध्यक्ष पुनम गुरुङसहितको एक टोलीले समेत होटलमा गएर शुभकामना दिएको थियो ।
अनुष्कालाई मल्टिमिडिया अवार्डमा जिताउन धेरै लाइक जरुरी छ, जसका लागि ‘Mobstar’ एप्स डाउनलोड गर्नुपर्नेछ । एप्स डाउनलोड गरिसकेपछि अनुष्का श्रेष्ठ सर्च गरि लाइक गर्न अनुष्काले अपिल गरेकी छन् । एक लाइक एक भोटको रुपमा गणना हुनेछ ।
तस्विर- शंकर श्रेष्ठ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे