लन्डन । ग्लोबल आइएमइ बैंक लिमिटेडका निर्देशकद्वय सुदर्शन कृष्ण श्रेष्ठ र नुमनाथ पौडेलले ‘मिस नेपाल २०१९’ अनुष्का श्रेष्ठलाई भेटेर शुभकामना दिएका छन् । मंगलबार अनुष्का बसिरहेको सेन्ट्रल लन्डनको टावरब्रीजस्थित टावर होटल पुगेर दुई बैंकरले शुभकामना दिएका हुन् ।
हाम्रा सहकर्मी शंकर श्रेष्ठका अनुसार श्रेष्ठ र पौडेलले मिस नेपाल अनुष्कालाई प्रतियोगितामा जिताउन कुनै कसर बांकी नराख्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले अनुष्कालाई हिमाल अंकित मायाको चिनो समेत प्रदान गरे । अनुष्काले ‘टोकन अफ लभ’ र शुभकामना प्राप्त गरेपछि प्रसन्न हुंदै धन्यवाद दिइन् । उनले मल्टीमिडिया क्याटेगोरिजमा उपाधि जित्न अनलाइन मत अत्यावश्यक भएको जनाउंदै मतका लागि सहयोग गरिदिन बैंक निर्देशकहरुसमक्ष अनुरोध गरेकी थिइन् । अनलाइन मत सोचेजस्तो नभएकोमा अनुष्का चिन्तित देखिएकी थिइन् ।
सो अवसरमा ग्लोबल आइएमइ बैंकका बेलायत प्रतिनिधि अमित चालिसे पनि सहभागी थिए ।
अनुष्का डिसेम्बर १४ तारिख लण्डनमा हुने ‘६९ औं मिस वर्ल्ड प्रतियोगिता’ मा भाग लिन गत साता लण्डन आएकी छन् । उनी अहिले बन्द प्रशिक्षणमा व्यस्त छन् । यसअघि एनआरएनए यूके अध्यक्ष पुनम गुरुङसहितको एक टोलीले समेत होटलमा गएर शुभकामना दिएको थियो ।
अनुष्कालाई मल्टिमिडिया अवार्डमा जिताउन धेरै लाइक जरुरी छ, जसका लागि ‘Mobstar’ एप्स डाउनलोड गर्नुपर्नेछ । एप्स डाउनलोड गरिसकेपछि अनुष्का श्रेष्ठ सर्च गरि लाइक गर्न अनुष्काले अपिल गरेकी छन् । एक लाइक एक भोटको रुपमा गणना हुनेछ ।
तस्विर- शंकर श्रेष्ठ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान