लण्डन । लण्डन निवासी युवा व्यवसायी तथा समाजसेवी रविजंग लामिछानेले बेलायतको अल्डरशटस्थित शिव मन्दिरमा स्थापना गर्न ५०० किलो बराबरको शिव लिङ्ग प्रदान गरेका छन् । लामिछानेले पाञ्चयन मूर्ति पनि दान गरे । काठमाडौँमा नेपाली कालिगढले बनाएका ति सबै मूर्ति लामिछानेको सौजन्यमा एयर कार्गो गरी नेपालबाट मगाइएको हो ।
लामिछानेले यसअघि मन्दिर स्थापनाका लागि झन्डै १६ हजार पाउण्ड आर्थिक सहयोग गरेका थिए। उनले आगामी दिनमा पनि मन्दिरका लागि सक्दो सहयोग गर्न आफू तयार रहेको बताएका छन्।
लण्डनस्थित नेपाली दूतावासमा आयोजित एक विशेष समारोहमा लामिछानेले उक्त मूर्तिको प्रतिकृति बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीलाई हस्तान्तरण गरे। राजदूत सुवेदीले सो मूर्ति शिव कल्चरल एण्ड कम्युनिटी सेण्टरका अध्यक्ष रोहितकुमार गुरुङलाई हस्तान्तान्तरण गरेका थिए।
राजदूत सुवेदीले मठ, मन्दिर, गुम्बा थपेर बेलायतलाई सानो नेपाल बनाउन आग्रह गरे। उनले यस्ता संस्कृतिक सम्पदाले नेपाली नेपालीबीच एकता बढाउन मद्घत पुग्ने बताए । राजदूत सुवेदीले ‘वसुधैव कुटुम्वकम् ‘ को मर्म अनुरुप सनातन परिवारका सबै सदस्यहरुलाई समावेश गरेर अगाडी बढ्न पनि आग्रह गरे। उनले अल्डरसटको घना नेपाली वस्तीको बीचमा नेपाली मन्दिर स्थापना गरिएकोमा आफूलाई अत्यन्त खुशी लागेको बताए ।

सो अवसरमा शिव सांस्कृतिक तथा सामुदायिक केन्द्र अल्डरसटका अध्यक्ष रोहित कुमार गुरुङले समाजसेवी, धर्मसेवी लामिछाने लगायत मन्दिर स्थापना गर्न सघाउने सबै सहयोगीलाई धन्यवाद दिए ।
समारोहको शुरुमा पण्डित निलहरि घिमिरेले स्वस्तिवाचन गरेका थिए। शिव कल्चरल एण्ड कम्युनिटी सेण्टरका महासचिव विक्रम भट्टराईले सम्भव भए सम्म आउंदो शिवरात्रीमा प्राण प्रतिस्ठा गरी सबै मूर्तिहरुलाई मन्दिरमा स्थापना गर्ने योजना रहेको बताएका छन् ।
तस्बिरहरु- शिब भण्डारी
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक