
लण्डन । बेलायतका नेपाली दलित जाती सार्की/मिजारहरु संगठित भएका छन् । उनीहरुले ‘नेपाली वेलफेयर सोसाइटी युके’ गठन गरेका हुन् । गत २४ नोभेम्बर आइतबार हन्स्लो वेष्ट, लण्डनस्थित स्पोर्टस् क्लबमा सम्पन्न भेलाले धनबहादुर सार्कीको अध्यक्षतामा संस्था गठन गरेको हो । सार्की सिर्जनशिल नेपाली समाज युकेका निवर्तमान अध्यक्ष हुन् ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा पूर्णबहादुर नेपाली, महासचिव शर्मिला नेपाली, सचिव शमसेर नेपाली, कोषाध्यक्ष थमबहादुर रोका र सह-कोषाध्यक्षमा किरण नेपाली चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा आशा देवी रोका, धबीन्द्र बौडेल र बुद्धि बहादुर रोका चयन भएका छन् । भेलाले सोसाइटीको वरिष्ठ सल्लाहकारमा गोपाल रोकालाई चयन गरेको छ ।
कार्यक्रममा सोसाइटीका जेष्ठ नागरिक श्यामबहादुर सार्की, वरिष्ठ सल्लाहकार गोपाल रोका लगायतले नयाँ कार्यसमितिको सफल कार्यकालको शुभकामना सहित बधाई दिए ।
त्यस्तै, सोसाइटीका वरिष्ठ सल्लाहकार रोकाले नवनिर्वाचित अध्यक्ष लगायत कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
साथै, उक्त भेलाले पहिलो साधारणसभा तथा अन्तर्राष्ट्रिय जातीय रंगभेद दिवस आगामी २१ मार्च २०२० का दिन विविध कार्यक्रमका साथ मनाउने निर्णय समेत गरेको छ ।
धनबहादुर सार्कीको संयोजकत्वमा सम्पन्न उक्त भेलामा सहभागीहरुले समाजको आवश्यकता र एकता लगायत बिषयमा आ- आफ्ना धारणा राखेका थिए ।
आफ्ना सदस्यहरुबीच सुख–दुःख बाँड्ने, सहयोग आदानप्रदान लगायत उद्देश्यका साथ सोसाइटी स्थापना भएको हो । बेलायतमा स्थायी तथा अस्थायी रुपमा बसोबास गरिरहेका नेपाली र आफ्नो समुदायका सदस्यहरुको हकहित, कल्याण एवं पहिचानका लागि संस्थाको आवश्यकता महसुस भई संस्था स्थापना गरिएको जनाइएको छ । भेलामा संयोजक सार्कीले सार्की समुदायबारे जानकारी गराएका थिए ।
कार्यक्रमको अन्त्यमा नवनिर्वाचित अध्यक्ष एवं भेला संयोजक धनबहादुर सार्कीले सहभागी सबैलाई धन्यवाद दिंदै नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए ।
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन