काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) र मिस नेपाल-२०१९ अनुष्का श्रेष्ठबीच सात बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । एनआरएनए सचिवालयमा एक कार्यक्रमकाबीच दुवै पक्षबीच ७ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा मिस नेपाल अनुष्काले संसारभर रहेका महिला तथा युवाहरुको कार्यक्रम प्रवर्धन गर्ने र एनआरएनले आफनो सञ्जालमार्फत अनुष्कालाई सहयोग गर्ने गरि समझदारी भएको छ । एनआरएनए उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठले अनुष्कालाई सद्भावना दूतको प्रमाणपत्र हस्तान्तरण गरे ।
कार्यक्रममा एनआरएनए उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ, प्रवक्ता डिवी क्षेत्री, एनआरएनए कार्यालय प्रमुख हेमन्त दवाडी, मध्य पूर्वका उपसंयोजक मनोज गोर्खाली, भूतपूर्व डिआरसी धर्मराज गिरी र मिग्मार तामाङलगायतको सहभागिता थियो ।
मिस नेपाल २०१९ अनुष्का मिस वर्ल्डमा भाग लिन बुधबार लण्डन जाने कार्यक्रम छ । बेलायत जानुपूर्व सो समझदारी भएसँगै विश्वभरिका गैर आवासीय नेपाली संघका शाखालाई मिस वर्ल्डमा अनुष्कालाई जिताउन सक्दो सहयोगको लागि सर्कुलर गरिने भएको छ । लण्डनमा आगामी डिसेम्बर १४ तारिख मिस वर्ल्ड प्रतियोगिता हुँदैछ ।
अनुष्कालाई मल्टीमिडिया अवार्ड जित्न ‘लाईक’ आवश्यक पर्छ । जसको लागि MOBSTAR एप्स डाउनलोड गर्नुपर्नेछ । एप्स डाउनलोड गरिसकेपछि अनुष्का श्रेष्ठ सर्च गरि लाईक गर्न सकिनेछ जसले गर्दा भोट बढाउन सहयोग मिल्नेछ । हरेक फोटोको एक लाईक एक भोट हुनेछ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते