
लन्डन । चर्चित गायक तथा संगीत शिक्षक अमृत क्षेत्रीले बर्न्टओकस्थित नेपाली कक्षामा अध्ययनरत बालबालिकालाई नेपाली गीत-संगीत सिकाएका छन् । नेपाल सेन्टर युकेको आमन्त्रणमा हाल बेलायत भ्रमणमा रहेका गायक क्षेत्रीले नेपाली भाषा तथा सांस्कृतिक केन्द्रद्वारा शनिवार बिहान आयोजित एक कार्यक्रममा बेलायतमा हुर्कीरहेका बालबालिकालाई गीत/संगीत सिकाएका हुन् ।
‘संगीत यस्तो माध्यम हो जसले हाम्रो भाषा, संस्कृति जोगाउन मद्दत गर्छ’-क्षेत्रीले भने-‘संगीत सुनेर सिकिने विषय हो त्यसैले घरमा, गाडीमा नेपाली गीत लगाइ दिनोस्, बालबालिकाले सुनेरै सिक्छन् ।’
क्षेत्रीले गुरु वन्दना पछि ‘फूलको आँखामा फूलै संसार’, ‘बनेको छ पहराले यो छाती मेरो’, ‘नेपाली हामी रहौंला कहाँ
नेपालै नरहे’, ‘रेशम फिरिरी…’ जस्ता गीत गएर सुनाएका थिए । त्यस्तै, गायिका रचना ज्ञवालीले ‘बालक हामी पबित्र मनका सुन्दर कोपिला’ भन्ने गीत सुनाइन् भने नेपाली कक्षाका स्वयंसेवी संगीत शिक्षक उमेश खड्काले गितारमा साथ दिए ।

कार्यक्रमको शुरुमा बार्नेट काउन्सिलका उपमेयर लक्ष गुरुङ र केन्द्रका अध्यक्ष सुमन प्रधानले गायक क्षेत्री तथा नेपाल सेन्टरका संस्थापक अध्यक्ष निर्मलकुमार थापालाई स्वागत गरेका थिए ।
कार्यक्रम संचालन केन्द्रका सल्लाहकार भोला पनेरुले गरेका थिए । कार्यक्रममा एनआरएनए आइसीसीका पूर्व सल्लाहकार सुरेन्द्र श्रेष्ठ लगायत अभिभावकहरुको पनि उपस्थिति थियो ।

दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक